RTGS प्रणाली भनेको के हो?

Real Time Gross Settlement (RTGS) प्रणाली नेपाल राष्ट्र बैंकबाट सञ्चालन गरिएको विद्युतीय भुक्तानीसम्बन्धी कारोबारहरूको फर्छ्यौट गर्ने प्रणाली हो, जसमा बैंकले तोकेबमोजिमको ठूलो मूल्यको भुक्तानी (High Value Payment) र अति जरुरी भुक्तानीहरू एउटा बैंक खाताबाट अर्को बैंक खातामा रकमान्तर हुन्छ । यो प्रणालीमार्फत भएका कारोबारहरू वास्तविक समय (Real Time) र Gross (प्रत्येक कारोबारको अलग-अलग फर्छ्यौट) Basis मा कुनै पनि कारोबारको bundling वा netting नगरी रकमान्तर गरिन्छ । यो प्रणालीको उपयोग गरी एउटा बैंकबाट अर्को बैंकमा तथा एक व्यक्ति वा संस्थाको बैंक खाताबाट अर्को व्यक्ति वा संस्थाको बैंक खातामा रकम पठाउन सकिन्छ । साथै, ECC, IPS, connectIPS जस्ता भुक्तानी उपकरणहरूमा भएका कारोबारको अन्तिम फर्छ्यौट समेत यस प्रणालीमार्फत हुन्छ ।