तलब तथा ज्यालादर सूचकाङ्क भनेको के हो ?

तलब तथा ज्यालादर सूचकाङ्क श्रमको मूल्य (तलब तथा ज्यालादर) मा आएको परिवर्तन मापन गर्ने विधि हो । यस बैंकले आव २०६१६२ लाई आधार वर्ष मानी तलब तथा ज्यालादर सूचकाङ्क प्रकाशन गर्दै आएको छ । विभिन्न छ वटा क्षेत्रका सरकारी तथा निजी संस्थामा कार्यरत कर्मचारीहरूको तलब विवरणका आधारमा तलब उप–सूचकाङ्क र तीन क्षेत्रबाट लिङ्ग र सीपका आधारमा ज्यालादर विवरण सङ्कलन गरी ज्यालादर उप–सूचकाङ्क तयार गरिन्छ । यी उप–सूचकाङ्कहरूको भार क्रमशः २६.९७ प्रतिशत र ७३.०३ प्रतिशत रहेको छ ।