अमरावती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नयाँ बानेश्वर, काठमाडौं
अमरावती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
नयाँ बानेश्वर, काठमाडौंलाई सीमित बैंकिङ्ग कारोवार गर्न प्रदान गरिएको इजाजतपत्र रद्द गरिएको बारे
नेपाल राष्ट्र बैंकको सूचना

यस बैंकबाट गरिएको अमरावती बहुउद्देश्यीय सहकारी संस्थाको स्थलगत तथा गैरस्थलगत निरीक्षणबाट संस्थाको निष्कृय कर्जाको परिमाण उच्च रहेको, संस्था अत्यधिक नोक्सानीमा रहेको कारणले वित्तीय स्थिति र्‍हासोन्मुख देखिएकोमा यस बैंकबाट पछिल्लो पटक गरिएको स्थलगत निरीक्षणबाट समेत संस्थाको सञ्चित नोक्सानी वृद्धि हुँदै २०६३ चैत्रमा रु.७,८४,९५ हजार पुगेको, प्राथमिक पूँजी रु. ७,०३,१६ हजारले ऋणात्मक देखिएकोले संस्थाको वित्तीय स्थिति सुध्रनुको सट्टा झन् र्‍हासोन्मुख देखिएको र प्राथमिक पूँजी अत्यधिक रुपमा ऋणात्मक भएको कारणले संस्थाले प्राथमिक पूँजीसँग सम्बद्ध यस बैंकका निर्देशन पालना गर्नसक्ने अवस्था नदेखिएको, संस्थामा निक्षेप एकाग्रता जोखिम अत्यधिक रहेको, कर्जा अधिकेन्द्रीत जोखिम अत्यधिक देखिनुका साथै निष्कृय कर्जाको परिमाण उच्च (कूल बाँकी कर्जाको ६८.३७ प्रतिशत) रहेको देखिएको । सञ्चालकहरुले यस बैंकको निर्देशन विपरित संस्थाबाट कर्जा लिएको, सञ्चालकहरु संस्थाको दैनिक कामकाजमा संलग्न रहेको लगायतका संस्थागत सुशासन सम्बन्धी गम्भिर कैफियत पाइएको सर्न्दर्भमा संस्था गम्भिर वित्तीय व्यवस्थापकीय तथा संस्थागत सुशासकीय समस्याबाट गुज्रिरहेको र सोको सुधारका लागि संस्थाको सञ्चालक समितिले समयबद्ध ठोस् योजना एवम् प्रतिबद्धता समेत पेश गर्न नसकेको हुँदा यथास्थितिमा उक्त सहकारी संस्थालाई सञ्चालन हुन दिँदा सदस्य निक्षेपकर्ताको निक्षेप अझ बढी जोखिममा पर्नसक्ने देखिएकोले उक्त सहकारी संस्थालाई यस बैंकबाट सीमित बैंकिङ्ग कारोवार गर्न प्रदान गरिएको इजाजतपत्र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को खण्ड (ज) बमोजिम निर्णयानुसार रद्द गरिएको हुँदा र्सवसाधारणको जानकारीको लागि सो सूचना प्रकाशित गरिएको छ ।