बीमा क्षेत्रमा goAML software सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वित्तीय जानकारी इकाईले सञ्चालनमा ल्याएको goAML system मा बीमा कम्पनीहरुलाई पूर्ण रुपमा आवद्ध गर्ने उद्देश्यले इकाई र बीमा समितिको समन्वयमा मिति २०७८ साउन १० मा काठमाडौँमा १ दिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका Compliance Officer तथा सूचना प्रविधि विशेषज्ञहरुको सहभागितामा गरिएको उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, वित्तीय जानकारी इकाईका प्रमूख दीर्घ बहादुर रावल, बीमा समितिका निर्देशक दिनेश कुमार लाल, वित्तीय जानकारी इकाईका उप–निर्देशक स्वरुप श्रेष्ठ लगायत वित्तीय जानकारी इकाईका goAML implementation team र बीमा समितीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बीमा समितीका अध्यक्ष सूर्य प्रसाद सिलवालले goAML मा हुने रिपोर्टिङ्गले देशको छवी सकारात्मक बनाउन मद्दत गर्ने हुँदा अब ढिला नगरी पूर्णतः goAML बाट मात्र रिपोर्टिङ्ग गर्नुपर्ने बताउनुभयो । वित्तीय जानकारी इकाईका प्रमूख दीर्घ बहादुर रावलले अब हामी Mutual Evaluation को तयारीको चरणमा रहेकोले अन्तर्राष्ट्रिय मूल्यांकनका लागि तयार रही सबै पक्षले AML/CFT को विषयलाई गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो । उक्त कार्यक्रमको प्राविधिक सत्रमा वित्तीय जानकारी इकाईका सहायक (सू.प्र.) विवेश पोखरेलले जीवन बीमा कम्पनीहरुलाई तथा दीपक पराजुलीले निर्जीवन बीमा कम्पनीहरुलाई goAML Software सञ्चालन सम्बन्धी प्रस्तुती दिनुभएको थियो ।

उक्त कार्यक्रममा समितिका निर्देशक दिनेश कुमार लालले स्वागत तथा समापन मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समितिका उप–निर्देशक शम्बराज लामिछानेले गर्नुभएको थियो ।

जम्मा उपस्थितिः करिब १०० जना
मितिः २०७८ साउन १०
कार्यक्रम समयः १०ः३० – ४ः३०
स्थानः एल्लो प्यागोडा होटल, काठमाडौं