‘सहकारीमा goAML Software’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

वित्तीय जानकारी इकाईले सञ्चालनमा ल्याएको goAML System मा सहकारी संस्थाहरुलाई आवद्ध गर्ने उद्देश्यले इकाईको समन्वयमा सहकारी विभागद्वारा मिति २०७८ साउन ७ मा विद्युतीय माध्यमबाट वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा १५० सहकारी संस्थाका करिब २२५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । इकाईका प्रमूख दीर्घ बहादुर रावल, सहकारी विभागका रजिष्ट्रार लीला प्रसाद शर्मा, उप–रजिष्ट्रार चोमेन्द्र न्यौपाने, वित्तीय जानकारी इकाईका उप–निर्देशकहरु प्रियंका बस्न्यात, मेदनी प्रसाद पोखरेल, अस्मीता गोर्खाली तथा स्वरुप श्रेष्ठ लगायत वित्तीय जानकारी इकाईका goAML implementation team र सहकारी विभागका कर्मचारीहरुको उपस्थितिमा सो कार्यक्रम आयोजना भएको थियो ।

कार्यक्रममा इकाईका प्रमूख दीर्घ बहादुर रावलले AML/CFT सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०७६–२०८१) मा उल्लेख भए अनुसार goAML Software मा आवद्ध भई यस प्रणालीमा जोडिन सबै सहकारी संस्थाहरुलाई अनुरोध गर्नुभयो । इकाईका उप–निर्देशक स्वरुप श्रेष्ठले विद्यमान ऐन तथा कानूनी संरचना तथा शंकास्पद/सीमा कारोबार बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसैगरी, इकाईका सहायक (सू.प्र.) दिपक पराजुलीले goAML Software मा रजिष्ट्रेशन तथा रिपोर्टिङ्ग गर्ने प्रणालीबारे प्रयोगात्मक प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार लीला प्रसाद शर्माले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै, उक्त कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको सञ्चालन विभागका उप–रजिष्ट्रार चोमेन्द्र न्यौपानले गर्नुभएको थियो ।

जम्मा उपस्थितिः करिब २२५ जना
मितिः २०७८ साउन ७
कार्यक्रम समयः २ः३० – ५ः३०
स्थानः Virtual (Zoom Platform)