विदेशी मुद्रा खाता

नेपालमा रहेका विदेशी नागरिकले नेपालस्थित बैंक तथा वित्तीय संस्थामा परिवर्त्य विदेशी मुद्रामा खाता खोल्न सक्छन् । यस्तो खाता भिसा अवधिसम्म मात्र सञ्चालन गर्न सकिन्छ ।

View More

विदेशमा रहँदा बस्दाको अवधिसम्म आर्जन गरेको विदेशी विनिमय वा सो विदेशी विनिमयबाट गरेको लगानी नेपाल फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउने गरी नेपाली नागरिकले विदेशी बैंकमा खाता खोल्न/सञ्चालन गर्न सक्छन् ।
यस्तो खाता वा लगानी विदेशमा कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी नेपाल फर्केको ३५ दिनभित्र नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागलाई दिनुपर्नेछ ।

View More

परिवर्त्य विदेशी मुद्राको आय स्रोत भएका व्यक्ति, फर्म, कम्पनी तथा संघ/संस्थाले नेपालमा परिवर्त्य विदेशी मुद्राको खाता खोल्न सक्छन् ।

View More