माैद्रिक व्यवस्थापन

बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको सरकारी ऋणपत्रको सुरक्षणमा खुला बजार कारोबारमार्फत तरलता प्रशोचन (Mop up) गर्न प्रयोग हुने उपकरण ‘रिभर्स रिपो’ हो ।

View More

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अपेक्षा गरेको अन्तरबैंक कारोबारमा प्रयोग हुने ब्याजदरको तल्लो सीमा र माथिल्लो सीमालाई ब्याजदर करिडोर भनिन्छ ।

View More

बैंक तथा वित्तीय संस्थाहरूले एक आपसमा सापटी आदानप्रदान गर्दा प्रयोग हुने ब्याजदरलाई अन्तर बैंक ब्याजदर बुझिन्छ ।

View More

अल्पकालीन तरलता व्यवस्थापनका लागि ग्राह्य सुरक्षणपत्रको धितोमा केन्द्रीय बैंकले तोकिएबमोजिमका संस्थाहरूलाई प्रदान गर्ने ऋण सुविधालाई स्थायी तरलता सुविधा भनिन्छ ।

View More

बोलकबोल प्रक्रियाबाट निष्काशन हुने सरकारी ऋणपत्र (ट्रेजरी बिल तथा विकास ऋणपत्र) तथा मौद्रिक व्यवस्थापनका उपकरणहरू (रिपो, रिभर्स रिपो, सोझै बिक्री, सोझै खरिद, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्र) को बोलकबोल हुने इलेक्ट्रोनिक माध्यम नै अनलाइन बोलकबोल प्रणाली हो ।

View More

नेपाल राष्ट्र बैंकद्घारा खुला बजार कारोबारमार्फत तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप सङ्कलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरिन्छ ।

View More

सामान्यतया एक वर्षभित्र परिपक्व हुने उपकरणहरू खरिद बिक्री हुने बजारलाई मुद्रा बजार भनिन्छ । मुद्रा बजारले छोटो अवधिको लगानी गर्ने र सापटी लिने अवसर प्रदान गर्दछ ।

View More

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई स्वीकारयोग्य धितोमा ऋण प्रदान गर्दा लिने ब्याजदरलाई बैंकदर भनिन्छ ।

View More

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको अध्यक्षतामा गठित ‘खुला बजार कारोबार सञ्चालन समिति’ले खुला बजार कारोबार सञ्चालन गर्दछ । यसको अतिरिक्त बैकको मौद्रिक व्यवस्थापन विभागले समेत खुला बजार कारोबार सञ्चालन गर्दछ ।

View More

बैंकिङ क्षेत्रको तरलता व्यवस्थापन गर्ने उद्देश्यले सरकारी ऋणपत्र र नेपाल राष्ट्र बैंकले जारी गर्ने ऋणपत्र बोलकबोल प्रक्रियाद्वारा खरिद बिक्री गर्ने अथवा ऋणपत्रको धितोमा वा विनाधितोमा तरलता प्रवाह / प्रशोचन गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ ।

View More