लघुवित्त वित्तीय संस्थाले आफ्नो सदस्य वाहेकका व्यक्तिहरुबाट बचत निक्षेप संकलन गर्न पाउँदैन । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सीमित शाखाहरुबाट मात्र र्सवसाधारणबाट निक्षेप संकलन गर्न स्वीकृति प्रदान गरिएको छ ।
View Moreलघुवित्त वित्तीय संस्था सम्बन्धी गुनासोको सुनुवाई नेपाल राष्ट्र बैंकबाट हुन्छ । यसको लागि यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग अन्तर्गत गुनासो सुनुवाई इकाई रहेको छ ।
View Moreलघुवित्त वित्तीय संस्थाहरुका लागि एउटै प्रदेशका जिल्लाहरुमा शाखा खोल्न पाउने गरेर प्रादेशिकस्तरको र देशभर शाखा खोली कारोबार गर्न पाउने राष्ट्रियस्तरको गरी दुई कार्यक्षेत्रको व्यवस्था गरिएको छ ।
View Moreनेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जा कारोबारको आधारमा थोक कर्जाको मात्र कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्था गरी दुई (२) प्रकारमा वर्गीकरण गर्न सकिन्छ । खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुले मात्र विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरुलाई सदस्य बनाई कर्जा प्रवाह गर्ने गर्दछ ।
View Moreशेयरधनीहरुबाट पुँजी वापत प्राप्त रकम, सदस्यहरुबाट संकलित बचत रकम, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गरेको सापटी र संस्थाले गरेको नाफाबाट छुट्याइएको कोष वापतको रकम नै लघुवित्त वित्तीय संस्थाको कोषको प्रमुख स्रोतको रुपमा रहेको हुन्छ ।
View Moreलघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट समय समयमा जारी गरिएको ब्याजदर र सेवा शुल्क सम्बन्धी परिपत्रले तोके बमोजिमको ब्याजदर र सेवा शुल्क कायम गर्नु पर्ने हुन्छ । यस सम्बन्धी व्यवस्थाको लागि विभागबाट जारी निर्देशन हेर्नु हुन ।
View Moreलघुवित्त वित्तीय संस्थाले सदस्यहरुको समूह जमानीमा प्रति सदस्य बढीमा रु.३ लाख विगत २ वर्षदेखि कर्जा उपभेाग गरी असल वर्गमा परेका सदस्यको हकमा बढीमा रु.५ लाख) को विना धितो लघु कर्जा र व्यवसायिक परियोजनाको लागि स्वीकारयोग्य धितो लिई तोकिएको कृषि, लघु उद्यम तथा व्यवसाय गर्ने विपन्न तथा न्यून आय भएका व्यक्ति, फर्म वा समूहलाई बढीमा रु.१५ लाखसम्म धितो कर्जा प्रवाह गर्न सक्छ ।
View Moreलघुवित्त वित्तीय संस्थाले समूह जमानीमा विना धितो लघु कर्जा र स्वीकारयोग्य धितो लिई धितो कर्जा गरी दुई (२) प्रकारको कर्जा प्रवाह गर्न सक्छ ।
View Moreलघुवित्त वित्तीय संस्थाहरुको नियमन र सुपरिवेक्षण नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागले गर्ने गर्दछ । यसका लागि नेपाल राष्ट्र बैंकले छुट्टै नियमन तथा सुपरिवेक्षण व्यवस्था र निर्देशन जारी गरेको छ ।
View Moreनेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरुलाई सदस्य बनाई तिनीहरुबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरुको बचत संकलन गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ ।
View More