बैंकको मिसन, भिजन , उदेश्य एवं संगठन

नेपाल राष्ट्र बैंकको प्रदेशस्थित कार्यालयहरूबाट र्सवसाधारणले सिक्का तथा नोट सटही, विदेशी मुद्रा सटही, सुन, असर्फी तथा चाँदीको सिक्का, स्मारिका सिक्का खरिद, सरकारी ऋणपत्रहरूको खरिद विक्री र नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट भएका काम कारबाही बारे कुनै गुनासो भएमा सोको सुनुवाइ र सम्बोधन सम्बन्धी सेवाहरू पाउन सक्दछन् ।

View More

नेपाल राष्ट्र बैंकबाट र्सवसाधारणले सिक्का तथा नोट सटही, विदेशी मुद्रा सटही, सुन, असर्फी तथा चाँदीको सिक्का, स्मारिका सिक्का खरिद, सरकारी ऋणपत्रहरूको खरिद/विक्री तथा बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्थाहरूबाट भएका काम कारवाही बारे कुनै गुनासो भएमा सोको सुनुवाइ र सम्बोधन सम्बन्धी सेवाहरू प्राप्त गर्न सक्दछन ।

View More

नेपाल राष्ट्र बैंकबाट इजाजत/अनुमति प्राप्त संस्थाले आफ्नो साइनबोर्डमा “नेपाल राष्ट्र बैंकबाट इजाजत/अनुमति प्राप्त संस्था” भनेर लेखेको हुन्छ । यसका साथै, यस बैंकबाट इजाजत/अनुमति प्राप्त संस्थाहरूको सूची यस बैंकको वेबसाइटमा समेत राखिएको हुन्छ ।

View More

सहकारी संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले अनुमति प्रदान गर्दैन र यस्ता संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले नियमन तथा सुपरिवेक्षण समेत गर्दैन ।

View More

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था खासगरी वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाहरु गरी ४ प्रकारका छन् । यी संस्थाहरूलाई क्रमशः “क”, “ख”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाको रुपमा समेत वर्गीकरण गरिएको छ । यी बाहेक पूर्वाधार विकास बैंक र हायर पर्चेज कम्पनीहरु पनि यस बैंकबाट इजाजतप्राप्त संस्थाहरु हुन् ।

View More

नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरुलाई बढीमा एक वर्षका लागि कर्जा तथा पुनरकर्जा प्रदान गर्न सक्छ । साथै, बैंकले नेपाल सरकारलाई आवश्यक परेमा एक सय असी दिनभित्र चुक्ता गर्ने गरी अधिविकर्ष सुविधा प्रदान गर्न सक्ने समेत व्यवस्था छ ।

View More

कुनै व्यक्ति, उद्योग वा राजनैतिक संस्थाको लागि खाता सञ्चालन गर्न नेपाल राष्ट्र बैंक ऐनले नै रोक लगाएको छ । त्यसैले र्सवसाधारण र निजी संस्थाहरूले नेपाल राष्ट्र बैंकमा खाता खोल्न मिल्दैन ।

View More

नेपाल राष्ट्र बैंकमा नेपाल सरकार, अन्य सरकारी निकाय, वाणिज्य बैंक तथा वित्तीय संस्था, सार्वजनिक संस्थान, विदेशी नियोग, विदेशी केन्द्रीय बैंक, विदेशी बैंक तथा अन्तराष्ट्रिय संघ, संस्थाले खाता खोल्न सक्छन् ।

View More

नेपाल राष्ट्र बैंकले मुख्यतयाः नेपाली मुद्रा तथा सिक्का निष्काशन गर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई इजाजत दिने तथा तिनीहरुको नियमन र सुपरिवेक्षण गर्ने, मौद्रिक नीति तथा विदेशी विनियम नीति तर्जुमा गर्ने, विदेशी विनिमय संचितिको व्यवस्थापन र सञ्चालन गर्ने, नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तीय एजेण्टको रूपमा कार्य गर्ने, भुक्तानी, फछ्र्यौट तथा हिसाब मिलान पद्धतिको प्रवर्द्धन एवम् नियमन गर्ने तथा तरलता व्यवस्थापन लगायतका कामहरू गर्दछ ।

View More

“दिगो र समावेशी आर्थिक विकासको लागि प्रभावकारी मौद्रिक, विदेशी विनिमय, वित्तीय क्षेत्र र भुक्तानी प्रणाली नीतिमार्फत समष्टिगत आर्थिक एवम् वित्तीय स्थायित्व हासिल गर्नु” नेपाल राष्ट्र बैंकको लक्ष्य रहेको छ ।

View More