विदेशी मुद्रा सटहि

च्यातिएको, मैलिएको, झुत्रिएको, प्वाल परेको, केरमेट भएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको विदेशी नोटको सटही सम्बन्धित नोट निष्काशन गर्ने मौद्रिक अधिकारी/केन्द्रीय बैंकको सफा नोट नीति बमोजिम हुने गरेको छ । विदेशी नोट निष्काशन गर्ने अधिकार सम्बन्धित मौद्रिक अधिकारी/केन्द्रीय बैंकसँग रहने हुनाले त्यस्ता विदेशी नोटको सटही नेपालमा गरिदिन नेपाल राष्ट्र बैंक बाध्य हुने छैन ।

View More

विदेशी मुद्रामा अंकित सिक्काहरु नेपालमा सटही हुँदैनन् ।

View More

नेपालमा भारतीय रुपैयाँ १०० वा सोभन्दा सानादरका मुद्रा मात्र ल्याउन, लैजान तथा सटही गर्न पाइन्छ ।

View More

नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा वा नेपालमा आउँदा नगद अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा लैजान वा ल्याउन सक्छन् । सो भन्दा बढी नगद परिवर्त्य विदेशी मुद्रा नेपाल भित्र्याउनु परेको अवस्थामा भन्सार कार्यालयमा स्वघोषणा (Declaration) गरेर मात्र भित्र्याउनु पर्छ ।

View More

नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा लैजान वा नेपालमा आउँदा ल्याउन पाउने नगद नेपाली रुपैयाँको सीमा ५ हजार रहेको छ ।

View More

नेपाली नागरिकले स्रोत खुलेको आधारमा आफैसँग अधिकतम अमेरिकी डलर १,५०० वा सो बराबरको नगद परिवर्त्य विदेशी मुद्रा राख्न सक्दछन् ।

View More

शिक्षा मन्त्रालयको No Objection Certificate (NOC), सम्बन्धित शैक्षिक संस्थाको पत्र, Brochure, Invoice, I-20 वा सम्बन्धित संस्थाले जारी गरेको कागजातमा तोके बमोजिमको शिक्षण शुल्क तथा निर्वाह खर्च पठाउन सकिने प्रावधान रहेको छ । उपर्युक्त कागजातहरुमा निर्वाह खर्च नतोकिएको अवस्थामा नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिमको रकम पठाउन सकिने प्रावधान छ ।

View More

नेपालका बैंक तथा वित्तीय संस्थाबाट जारी कार्ड (डेबिट/क्रेडिट/प्रिपेड/एटिएम) बाट भारतमा एक दिनमा बढीमा भा.रु. १५ हजारसम्म तथा एक महिनामा भा.रु. १ लाखसम्म नगद झिक्न सकिन्छ । तर होटल, अस्पताल तथा औषधी पसलमा गरिने भुक्तानीका हकमा यो सीमा लागु हुँदैन ।

View More

आप्रवासन भिसा (Immigrant Visa) मा विदेश जाने नेपाली नागरिकले Settlement खर्च बापत पहिलो पटकको लागि मात्र प्रति व्यक्ति बढीमा अमेरिकी डलर ५ हजारसम्म वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा सटही सुविधा प्राप्त गर्ने व्यवस्था रहेको छ ।

View More

भारत बाहेक अन्य मुलुकस्थित अस्पतालमा गई औषधोपचार गराउन वा आवश्यक औषधी खरिद गर्ने प्रयोजनका लागि तोकिएको प्रक्रिया पूरा गरी बैंक तथा वित्तीय संस्थाहरु मार्फत वार्षिक अमेरिकी डलर १० हजारसम्म सटही सुविधा प्रदान हुने व्यवस्था छ । सो भन्दा बढी रकमको सटही सुविधा आवश्यक भएमा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने हुन्छ ।

View More