बैंक वा वित्तीय संस्थाको सञ्चालक, एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको शेयरधनी वा कार्यकारी प्रमुख वा त्यस्तो व्यक्तिको परिवार वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, कम्पनी वा संगठित संस्थाले कुनै फर्म, कम्पनी वा संगठित संस्थाको चुक्तापूँजीको दश प्रतिशत वा सोभन्दा बढी हुने गरी छुट्टाछुट्टै वा संयुक्त रुपमा शेयर खरिद गरेमा त्यस्तो व्यक्ति वा व्यक्तिहरुको दश प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व रहेको संस्थामा रहेको निजहरुको स्वार्थ भन्ने बुझिन्छ ।

View More

बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कुनै सूचकांकमा आएको परिवर्तन, प्राप्त भएको महत्वपुर्ण सूचना, सम्बन्धित बैंकको वित्तीय स्थिति, निर्देशन पालनाको अवस्था आदिको विश्लेषण तथा अनुगमनबाट निकट भविष्यमा सम्बन्धित बैंक वा वित्तीय संस्थाले संभावित खराब अवस्था सामना गर्नु पर्ने देखिने अवस्था नै पर्व चेतावनी सङ्केत हो ।

View More

वर्तमानमा भन्दा फरक आर्थिक एबं वित्तीय अवस्थाको परिकल्पना गर्दा बैंक वा वित्तीय संस्थाको वित्तीय सूचकहरुमा पर्ने दबाव वा परिवर्तनको अध्ययन नै दबाब परीक्षण हो । आन्तरिक तथा वाहृय कारणले अर्थतन्त्रमा आउन सक्ने उतार चढावले कुनै पनि बैंक वा वित्तीय संस्थाको पूँजी, तरलता तथा आम्दानीमा पर्नसक्ने प्रभाव अध्ययनका लागि दबाब परीक्षण गरिन्छ ।

View More

बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप दायित्वको निश्चित प्रतिशत रकम अनिवार्य रुपमा नेपाल राष्ट्र बैंकमा खोलेको खातामा नगदै जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ । यस्तो मौज्दातलाई अनिवार्य नगद मौज्दात भनिन्छ भने अनिवार्य मौज्दातको रुपमा राष्ट्र बैंकमा रहेको खातामा राख्नु पर्ने रकम निर्धारण गर्न तोकिएको निक्षेप दायित्वको निश्चित अनुपातलाई अनिवार्य नगद मौज्दात अनुपात भनिन्छ ।

View More

बैंक वा वित्तीय संस्थालाई दायित्व सृजना गर्न सक्ने कारोबारहरु जस्तै प्रतीतपत्र, जमानतपत्र, स्वीकारपत्र, प्रतिबद्धता, विदेशी विनिमय सम्बन्धी स्वाप, अप्सन, अग्रिम कारोबार नै वासलात बाहिरको कारोबार हो र सो शब्दले नेपाल राष्ट्र बैंकले समय समयमा राष्ट्र बैंकले तोकिदिएका उपकरणको कारोबार समेतलाई जनाउँछ ।

View More

बैंक वा वित्तीय संस्थाको वासलात भित्र र वासलात बाहिरको प्रत्येक शीर्षकमा रहेको रकमलाई तोकिएको जोखिम भारले गुणन गरी निकालिएको कुल अंकनै जोखिम भारित सम्पत्ति हो ।

View More

स्थलगत निरीक्षणसम्पन्न भएपछिनिरीक्षण कार्यको निचोडको रुपमा सम्बन्धित बैंक वा वित्तीय संस्थाको पुँजीकोषको पर्याप्तता (C), सम्पत्तिको गुणस्तर (A), व्यवस्थापनको गुणस्तर (M), प्रतिफलको अवस्था (E), तरलताको अवस्था (L) तथा बजार जोखिमको संवेदनशीलता (S) लाई आधार बनाई मूल्यांकन गरिने विधि नै क्यामेल्स रेटिङ्ग हो ।

View More

बैंक वा वित्तीय संस्था वा सोका पदाधिकारीले प्रचलित कानून वा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको नियमन, निर्देशन वा परिपत्रको उल्लङ्घन गरेमा कसुरको प्रकृति अनुसार सम्बन्धित ऐन तथा निर्देशनमा उल्लेख भएको कारबाही गरिन्छ ।

View More

सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख भएको र्सवसाधारणलाई सरोकार हुने महत्वपुर्ण सूचना तथा जानकारीहरु समेटी सम्बन्धित सुपरिवेक्षण विभागले बाषिर्क प्रतिवेदन तयार गरी नेपाल राष्ट्र बैंकको वेव साइटमा र्सवसाधारणको जानकारीको लागि हरेक वर्षप्रकाशित गर्दछ । र्सवसाधारणलाई सुपरिवेक्षण प्रतिवेदन नै भने प्राप्त हुँदैन ।

View More

बैंक वा वित्तीय संस्थाले गरेको कार्यहरुबाट सृजना हुन सक्ने जोखिमको परिमाण, अवस्था तथा सोबाट पर्न सक्ने प्रभावको आँकलन र जोखिम व्यवस्थापनका लागि अवलम्बन गरेको अभ्यास समेतको मूल्यांकन गरी निरीक्षण टोलीले समष्टिगत स्थलगत निरीक्षण गरेको बैंक वा वित्तीय संस्थाको जोखिम विवरण (रिस्क प्रोफाइल) तयार गर्दछ । यसैलाई आधार मानी बैंक तथा वित्तीय संस्थाहरुको समष्टिगत स्थलगत निरीक्षण गर्ने वा लक्षित स्थलगत निरीक्षण गर्ने भनी छुट्याइन्छ । यसरी सम्पन्न गर्ने निरीक्षण कार्यलाई नै जोखिममा आधारित सुपरिवेक्षण भनिन्छ ।
उच्च जोखिम विवरण भएका बैंकहरुमा सुपरिवेक्षकीय निगरानी बढाउदै न्यून जोखिम विवरण भएका बैंकहरुमा लक्षित क्षेत्रमा मात्र बढी केन्द्रीत भई सुपरिवेक्षकीय स्रोत साधनको उच्चतम सदुपयोग गर्न जोखिममा आधारित सुपरिवेक्षण आवश्यक छ ।

View More