सुपरिवेक्षण विभाग अर्न्तर्गतको गैरसुपरिवेक्षण इकाई मार्फ् बैंक वा वित्तीय संस्थाहरुबाट प्राप्त वित्तीय विवरण एवम् सूचनाको सुक्ष्म अध्ययन तथा विश्लेषण, प्रचलित कानून तथा बैंकले दिएको निर्देशन पालना भए वा नभएको परीक्षण, सम्भावित घटनाहरुबाट पर्ने असर विश्लेषणका लागि दबाब परिक्षण (स्ट्रेस टेस्टिंग) गर्राई प्राप्त नतिजाको अध्ययन गरी आवश्यक निर्देशन तथा सुझाव दिई गैरस्थलगत सुपरिवेक्षण कार्य गरिन्छ ।

View More

सुपरिवेक्षण प्रतिवेदनमा उल्लिखित कैफियतहरु सुधारका लागि दिइएका निर्देशनहरुको पालना भएको सम्बन्धमा सम्बन्धित बैंकले पेश गरेको प्रमाण वा जानकारीमा विश्वस्त हुन चाहेमा सम्बन्धित सुपरिवेक्षण विभागले स्थलगत निरीक्षण टोली खर्टाई गरिने निरीक्षण कार्यलाई अनुगमन निरीक्षण भनिन्छ ।

View More

कुनै महत्वपूर्ण बिषयमा सञ्चार माध्यमबाट जानकारीमा आएको वाकुनै निकायबाट जानकारी प्राप्त भएको वा कुनै सरकारी निकायबाट आवश्यक छानवीन गरी राय प्रदान गर्न लेखी आएको अवस्थामावा कुनै बैंक वा वित्तीय संस्थामा निक्षेपकर्ताको हितविपरित कार्य भइरहेको वा अनियमितता भईरहेको वा बैंक सुचारू रूपले सञ्चालन नभएको वा र्सवसाधारणलाई गलत सूचना प्रवाह गरिरहेको वा जोखिम विवरण (Risk Profile) मा अप्रत्यासित परिवर्तन भएको भन्ने सम्बन्धित सुपरिवेक्षण विभागले महसुस गरेमा त्यस्तो बैंक वा वित्तीय संस्थामा आकस्मिक रुपमा स्थलगत टोली खर्टाई गरिने निरीक्षण कार्यलाई विशेष निरीक्षण भनिन्छ ।

View More

बैंक तथा वित्तीय संस्थाको पछिल्लो समष्टिगत स्थलगत निरीक्षणबाट तयार भएको जोखिम विवरण (Risk Profile) का आधारमा आवश्यक देखिएका वा विभागले मनासिब ठानेको कुनै विशेष क्षेत्र वा कारोबारको मात्र परिक्षण गर्दै आवश्यक निर्देशन तथा सुझाव समेट्ने उद्देश्यका साथ स्थलगत टोली खर्टाई गरिने निरीक्षण कार्यलाई लक्षित स्थलगत निरीक्षण भनिन्छ ।

View More

बैंक तथा वित्तीय संस्थाको संस्थागत सुशासन, जोखिम व्यवस्थापन, कोष व्यवस्थापन, कर्जा व्यवस्थापन, निक्षेप व्यवस्थापन, वित्त व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, आन्तरिक लेखापरीक्षण, सूचना प्रविधि लगायत अन्य आवश्यक बिषयगत क्षेत्रहरु समेटी कुनै निश्चित अवधिभर भएका कारोबार, निर्णय तथा कार्यहरुको परिक्षण गरी सो बैंक वा वित्तीय संस्थाको जोखिम विवरण (Risk Profile) को निर्माणसहित आवश्यक निर्देशन तथा सुझाव समेट्ने उद्देश्यका साथ स्थलगत टोली खटार्इ गरिने निरीक्षण कार्यलाई समष्टिगत स्थलगत निरीक्षण भनिन्छ ।

View More

स्थलगत निरीक्षण समष्टिगत, लक्षित, विशेष र अनुगमन गरी चार प्रकारले गरिन्छ ।

View More

बैंक तथा वित्तीय संस्थाहरुको सुपरिवेक्षण स्थलगत निरीक्षण तथा गैरस्थलगत सुपरिवेक्षण गरी दुर्इ प्रकारले गरिन्छ । स्थलगत निरीक्षण विधिमा सम्बन्धित बैंक वा वित्तीय संस्थामा सुपरिवेक्षण विभागको टोली खर्टाई निरीक्षण कार्य गराइन्छ भने गैरस्थलगत सुपरिवेक्षण विधिमा बैंक वा वित्तीय संस्थाले गरेको कुनै कार्यसँग सम्बन्धित कागजात तथा सूचना सम्बन्धित सुपरिवेक्षण विभागमै मगाएर परिक्षण तथा अध्ययन गरिन्छ ।

View More

‘क’ वर्गका वाणिज्य बैंकको सुपरिवेक्षण बैंक सुपरिवेक्षण विभाग, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीको सुपरिवेक्षण वित्तीय संस्था सुपरिवेक्षण विभाग तथा ‘घ’ वर्गका लघुवित्त संस्थाको सुपरिवेक्षण लघुवित्त संस्था सुपरिवेक्षण विभागले गर्दछन् ।

View More

समग्रमा र्सवसाधारण निक्षेपकर्ताको हित संरक्षण गर्न, बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरिएका निर्देशनहरु तथा विद्यमान कानूनी व्यवस्थाहरु पालना गरे नगरेको यकिन गर्नर वित्तीय स्थायित्वका लागि बैकिंग क्षेत्रलाई सबल बनाई बैकिंग क्षेत्रप्रति र्सवसाधारणको विश्वास बढाउन सबै इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण गर्न आवश्यक छ ।

View More

नेपाल राष्ट्र बैंकबाट इजाजत लिई सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो काम कारबाही प्रचलित ऐन, नियम, निर्देशन तथा सिद्धान्त बमोजिम गरे/नगरेको सम्बन्धमा अध्ययन, छलफल तथा विश्लेषण गरी यकिन गर्ने कार्य नै सुपरिवेक्षण हो ।

View More