विदेशी विनिमय भन्नाले विदेशी मुद्रा, विदेशी मुद्रामा भुक्तानी हुने वा प्राप्त हुने सबै किसिमको निक्षेप, कर्जा, मौज्दात, विदेशी धितोपत्र र विदेशी मुद्रामा भुक्तानी हुने वा हुनसक्ने अन्तर्राष्ट्रिय प्रचलनमा रहेका मौद्रिक उपकरणलाई जनाउँछ ।

View More

नेपाली मुद्राबाहेक अन्य मुद्रालाई विदेशी मुद्रा भनिन्छ । सो शब्दले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट रकम झिक्न सक्ने विशेष अधिकार (स्पेशल ड्रईङ राइट्स), एशियन करेन्सी युनिट, युरोपियन करेन्सी युनिट तथा बैंकले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य उपकरणसमेतलाई जनाउँछ ।

View More