सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिएका विज्ञापनबापत विदेशी मुद्राको भुक्तानी/प्राप्ति अनौपचारिक माध्यमबाट गरिएको खण्डमा सो कार्य अवैध मानिन्छ, तर यस्तो विज्ञापनको भुक्तानी/प्राप्ति बैंकिङ प्रणाली तथा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेका भुक्तानी सेवा प्रदायकबाट गरेको खण्डमा वैधानिक रूपमा कारोबार भएको मानिन्छ ।

View More

नेपालमा Bitcoin लगायतका Cryptocurrency हरुको कारोबार गर्न पाइँदैन । यस्तो कारोबार गर्नु कानुनतः अवैध हो ।

View More

नचिनेको स्रोतबाट चिठ्ठा, पुरस्कार तथा उपहार परेको भनी बैंक खातालगायत व्यक्तिगत विवरणसम्बन्धी जानकारी दिन अथवा चिठ्ठा, पुरस्कार तथा उपहारको डेलिभरी लिन डेलिभरी शुल्क आदि भनी रकम पठाउन हुँदैन । सो जानकारी माग गर्ने व्यक्ति तथा समूह विभिन्न प्रलोभन देखाई ठगी गर्ने गिरोह हुन सक्छ ।

View More

भारतमा समेत स्वीकार हुने गरी जारी भएका कार्डबाट भारतमा तोकिएबमोजिम भारतीय रुपैयाँ तथा विदेशी मुद्रामा जारी भएका कार्डबाट भारतबाहेकका देशमा तोकिएबमोजिम नगद झिक्न तथा भुक्तानी गर्न सकिन्छ ।

View More

“क” वर्गका वाणिज्य बैंक र “ख” वर्गका राष्ट्रियस्तरका विकास बैंकबाट विदेशी मुद्रामा भुक्तानी गर्नका लागि विद्युतीय भुक्तानी कार्ड प्राप्त गर्न सकिन्छ ।

View More

नेपालको विनिमयदर प्रणाली Conventional Peg प्रकृतिको रहेको छ । नेपाली मुद्राको विनिमयदर भारतीय मुद्रासँग स्थिर रहेको छ ।

View More

प्रचलित व्यवस्थाको अधिनमा रही विदेशी मुद्राको खरिद बिक्री कारोबार नेपाल राष्ट्र बैंकलगायत नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्था र मनिचेञ्जरहरुबाट गर्न सकिन्छ ।

View More

नेपाल राष्ट्र बैंकले निर्धारण गरेबमोजिम हाल २१ प्रकारका विदेशी मुद्राहरु (भारतीय मुद्रासमेत) को खरिद बिक्री हुन्छ । उक्त विदेशी मुद्राहरु र ती मुद्राको विनिमय दरसम्बन्धी जानकारी दैनिक रूपमा नेपाल राष्ट्र बैंकको वेबसाइट (www.nrb.org.np) र गोरखापत्र राष्ट्रिय दैनिकमार्फत प्रकाशन हुन्छ ।

View More

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्छ । तर, भारतीय मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले निर्धारण गरेबमोजिम नै हुने भएकोले बैंक तथा वित्तीय संस्थाहरुले फरक हुनेगरी निर्धारण गर्न सक्दैनन् ।

View More

विदेशी मुद्राको सटही दर नेपाल राष्ट्र बैंकले आफ्नो प्रयोजनको लागि निर्धारण गर्दछ । बैंक तथा वित्तीय संस्थाहरुले भारतीय मुद्राबाहेक विदेशी मुद्राहरुको सटही दर निर्धारण गर्दछन् । भारतीय मुद्राको सटही दर भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेबमोजिम नै हुन्छ ।

View More