नम्बर नमिलेको नोट, सच्याएको नोट, मनोमानी लेखेको नोट, दोहोरो सट्टाभर्ना जान सक्ने सम्भावना भएको, नोटको दर र पूरा नम्बर यकिन गर्न नसकिने तथा पचास प्रतिशतभन्दा कम भाग भएको नोटको सट्टाभर्ना बैंकले गर्दैन ।

View More

झुत्रो नोट साट्न झुत्रो नोट बैंकमा पेश गर्नुपर्दछ । यदि झुत्रो नोट धेरै मक्किएको, नोटहरू गन्न असजिलो हुने अवस्थामा रहेको वा त्यस्ता नोट सग्लो नभएमा साट्नको लागि झुत्रो नोटको पृष्ठभागमा सोही दरको सिंगो नोट बराबरको कागजको टुक्रा टाँसी झुत्रो नोट साट्ने बैंकमा पेश गर्नु पर्दछ ।

View More

नेपाल राष्ट्र बैक, मुद्रा व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंकका प्रदेशस्थित सम्पुर्ण कार्यालयहरू तथा नोटकोष सञ्चालन गर्ने सम्पुर्ण वाणिज्य बैंकहरूबाट झुत्रो नोट साट्न सकिन्छ ।

View More

झुत्रो नोट भन्नाले च्यात्तिएको, मक्किएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको, रंगिएको आदि नोटलाई जनाउँदछ ।

View More

मुद्रा व्यवस्थापन विभागबाट सर्वसाधारणलाई प्रदान हुने सेवा बैंक खुलेको दिन आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ? कार्तिक १६ देखि माघ १५ सम्म विहान १० देखि ३ सम्म) र शुक्रबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म प्रदान गरिन्छ ।

View More

मुद्रा व्यवस्थापन विभागबाट आम नागरिकले चलनचल्ती अयोग्य नोटहरूको सट्टाभर्ना लिने, नोटको सटही गर्ने, स्मारिका सिक्का, चाँदीका सिक्का, मेडालियन, सुनका असर्फीको खरिद गर्ने लगायतका सुविधा लिन सक्छन् ।

View More

मुद्रा व्यवस्थापन विभागले आवश्यकता अनुसार नेपाली रुपैयाँ तथा सिक्काको डिजाइन तयार गर्ने, छपाउने, सिक्का टकमरी गर्ने/गराउने तथा देशब्यापी रुपमा मुद्राको सहज आपूर्तिका लागि आवश्यक सम्पूर्ण कार्य गर्नुका साथै मुद्रा सटही र चलनचल्ती अयोग्य नोटहरूलाई नष्ट गर्ने कार्य गर्दछ ।

View More

नेपालमा हाल रु.१, २, ५, १०, २०, २५, ५०, १००, २५०, ५०० र १००० गरी जम्मा ११ दरका नोटहरू चलनचल्तीमा रहेका छन् ।
तर, हाल रु.१, २, २५ र २५० को नोटहरू निष्कासन गरिएका छैनन् ।

View More