क्रिप्टोकरेन्सीलाई मुख्यतः Mining र खरिद गरी प्राप्त गर्न सकिन्छ । Mining भन्नाले कुनै क्रिप्टोकरेन्सीको नेटवर्कमा कारोबारहरुको हिसाबकिताब राख्ने कार्यलाई जनाउँछ । तसर्थ, Mining लाई Validation समेत भनिन्छ । क्रिप्टोकरेन्सीका Users बीच क्रिप्टोकरेन्सी खरिद/बिक्री कारोबार हुँदा त्यस्तो कारोबार वास्तविक कारोबार हो भनी Validation गर्न Validators/Miners बीच प्रतिस्पर्धा हुने गर्दछ र सो कार्यमा सफलता प्राप्त गर्ने Validator/Miner लाई पारिश्रमिक स्वरूप क्रिप्टोकरेन्सी प्रदान गर्ने गरिन्छ ।
क्रिप्टोकरेन्सी प्राप्त गर्ने अर्को प्रमुख माध्यम भनेको अन्य पक्षसँग भएको क्रिप्टोकरेन्सीलाई खरिद गर्ने हो । त्यस्तो खरिद–बिक्री गर्ने कार्य क्रिप्टोकरेन्सी Exchange मार्फत समेत हुने गर्दछ ।

View More

वित्तीय मध्यस्थकर्ता (मुद्रा निष्कासन गर्ने केन्द्रीय बैंक वा मौद्रिक अधिकारी) विनै भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेगरी क्रिप्टोकरेन्सी जारी हुने गर्दछ । उक्त कार्य गर्न क्रिप्टोकरेन्सीको प्राप्ति तथा खर्चको हिसाब–किताब नेटवर्कमा आबद्ध सम्पूर्ण प्रयोगकर्ताले राख्नु पर्नेहुन्छ (जुन विद्यमान व्यवस्थामा केन्द्रीय बैंक वा बैंक तथा वित्तीय संस्थाले राख्ने गर्दछ) । नेटवर्कमा आबद्ध सम्पूर्ण प्रयोगकर्ताहरुले हिसाब–किताब राख्ने कार्यमा Blockchain वा Distributed Ledger प्रविधिको प्रयोग गरिएको हुन्छ ।
Blockchain वा Distributed Ledger प्रविधिमा कुनै पनि कारोबार भएमा उक्त कारोबारलाई नेटवर्कमा आबद्ध सम्पूर्ण कम्प्यूटरलाई जानकारी गराइन्छ । त्यस्तो नयाँ कारोबारको समूह (जसलाई ब्लकसमेत भनिन्छ) लाई कुनै तोकिएको सामूहिक सहमतिको माध्यममार्फत यकिन गरिन्छ र त्यस्तो यकिन गरिएको ब्लकलाई सो पूर्वका अन्य ब्लकहरुसँग क्रमबद्ध गरिन्छ । प्रत्येक नयाँ ब्लकलाई अघिल्लो ब्लकसँग आबद्ध गरिने हुँदा आफूसँग नभएको रकम खर्च गर्न वा आफूसँग भएको कुनै रकम खर्च गरेपछि पुनः खर्च गर्न नसकिने गरी क्रिप्टोकरेन्सीलाई डिजाइन गरिएको पाइन्छ ।

View More

क्रिप्टोकरेन्सी भनेको निजी क्षेत्रबाट जारी गरिएको मुद्राको रूपमा समेत कारोबार गर्न सकिने डिजिटल वस्तु हो ।

View More

नेपालमा Bitcoin लगायतका Cryptocurrency को कारोबार गैरकानुनी रहेको र हालसम्म कानुनी मान्यता नपाएकोले त्यस्तो कारोबार गर्न पाइँदैन । यस्तो कारोबार गर्नु कानुनतः अवैध हो ।

View More