बैंकको मिसन, भिजन , उदेश्य एवं संगठन

नेपाल राष्ट्र बैंकको दूरदृष्टि “आधुनिक, गतिशील, विश्वसनीय र प्रभावकारी केन्द्रीय बैंक” भन्ने रहेको छ ।

View More

मूल्य र शोधनान्तर स्थिरता कायम गर्न मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी व्यवस्थापन गर्नु, बैकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न बैकिङ क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्नु र सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्नु नेपाल राष्ट्र बैंकका मुख्य उद्देश्यहरू हुन् ।

View More

नेपाल राष्ट्र बैंकको कार्यालय मुलुकका सात वटै प्रदेशमा रहेका छन् । प्रदेश–१ को विराटनगर, मधेश प्रदेशको जनकपुर र वीरगञ्ज, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालय रहेका छन् । बाग्मती प्रदेशको काठमाडौंमा केन्द्रीय कार्यालय, बैंकिङ विभाग र टक्सार महाशाखा रहेका छन् । प्रादेशिक कार्यालय सुर्खेतबाट हाल आर्थिक अनुसन्धान र सीमित सरकारी कारोबारसम्बन्धी कार्य मात्र हुँदै आएको छ ।

View More

नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते (२६ अप्रिल १९५६) भएको हो ।

View More

नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक हो । यो नेपालको मौद्रिक अधिकारी र बैंकिङ प्रणालीको नियामक एवम् सुपरिवेक्षक पनि हो । यसको केन्द्रीय कार्यालय काठमाडौंको बालुवाटारमा रहेको छ ।

View More