सहुलियत पूर्ण कर्जा

सहुलियतपुर्ण कर्जाका बारेमा कुनै गुनासो भएमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग वा यस बैंकको प्रदेशस्थित कार्यालयहरूमा गुनासो गर्न सकिन्छ ।

View More

रु. दश लाखभन्दा बढीको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा र कपडा उद्योग सञ्चालनका लागि दिइने कर्जामा बाहेक अन्य सहुलियतपुर्ण कर्जामा अनिवार्य रुपमा कर्जाको बीमा गर्नुपर्छ ।

View More

पुराना ऋणीले ब्याज अनुदान पाउँदैनन् । ब्याज अनुदान सुविधा “सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” लागू भएपछि नयाँ कर्जा लिने ऋणीले मात्र ब्याज अनुदान पाउँछन् । व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाको हकमा यदि कसैले “व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०७३” बमोजिम कर्जा प्राप्त गरेको भएमा उनीहरूले अनुदान प्राप्त गर्दछन् ।

View More

स्नातक तह उत्तीर्ण गरेका र ४० वर्ष उमेर ननाघेका युवाहरूले रु ७ लाख सम्म र माध्यमिक शिक्षा वा सो सरह उत्रिण गरेका व्यक्तिले रु ५ लाख सम्म आफ्नो शैक्षिक प्रमाणपत्रको सक्कल प्रतिको (Certificate) धितोमा व्यवसाय/उद्यम गर्नका लागि उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्वन्धी संक्षिप्त प्रस्तावको आधारमा सहुलियतपुर्ण कर्जा पाउन सक्छन् ।

View More

“सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार प्रवाह हुने १० प्रकारका कर्जाको लागी कार्यबिधिको अनुसूची १ मा तोकिएका व्यवसाय गर्न सहुलियतपुर्ण कर्जा पाइन्छ ।

View More

सहुलियतपुर्ण कर्जा प्राप्त गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त वित्तीय संस्थामा निवेदन दिनुपर्छ ।

View More

कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्घन गरी उत्पादन एवम् रोजगारी अभिवृद्घि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सिप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिलामा उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सिप र पेशालाई आधुनिकीकरण एवम् प्रवर्द्घन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि तथा भुकम्प पीडितहरुको निजी आवास निर्माणका लागि बैङ्क तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जामा नेपाल सरकारबाट ब्याज अनुदान सुविधा उपलब्ध हुने गरी प्रवाह हुने कर्जानै सहुलियतपुर्ण कर्जा हो ।

View More