समग्र बैंकिंग प्रणालीबाट रु.१ करोडसम्म (उत्पादनमुलक उद्योगको हकमा कुल रु.३ करोडसम्म) चालू पुँजीकर्जा उपयोग गर्ने व्यवसायको हकमा यो मार्गदर्शन लागू हुँदैन । तर चालूपुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यस मार्गदर्शन बमेजिम हुनुपर्ने छ ।

View More

कुनै पनि संस्था/फर्म/कम्पनीको चालू सम्पत्ति र चालू दायित्वमा हुने अन्तरलाई व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जालाई चालूपुँजी कर्जा भनिन्छ । यस प्रकारको कर्जा लिन संस्था/फर्म/कम्पनीहरु मात्र योग्य हुन्छन् । कुनै प्राकृतिक व्यक्तिले यसप्रकारको कर्जा लिन पाउँदैनन् ।

View More