त्रयमासको अन्तिम महिना (असोज, पुस, चैत्र, असार) मा पुराना ऋणीहरुको लागि सीमा बृद्धि गर्न रोक लगाइएको हो । सो महिनाहरुमा कर्जा नवीकरण गर्न तथा स्वीकृत सीमा भित्रको कर्जा प्रवाह गर्न भने रोक लगाइएको छैन तर आवश्यक परेको खण्डमा सो महिनामा कर्जा सीमा स्वीकृत/बृद्धि गरी आगामी महिनामा कर्जा प्रवाह गर्न भने सकिन्छ । नयाँ ऋणीको लागि उक्त प्रतिबन्ध लागु हुँदैन ।

View More

मार्गदर्शन लागु हुनुपूर्व प्रवाह भएका कर्जाहरुको हकमा त्यस्तो कर्जा पुनरावलोकन गर्दा वा नवीकरण गर्दा अनिवार्य रुपमा मार्गदर्शन अनुसार हुने गरी आवश्यक समायोजन गर्नुपर्छ ।
यसरी समायोजन गर्दा उल्लेखित सीमाभन्दा बढी प्रवाह भएको कर्जालाई २०८२ असार मसान्तभित्र क्रमिक रुपमा चुक्ता गर्दै जानुपर्छ ।

View More

चालू पुँजी प्रकृतिको आवधिक कर्जा अग्रिम रुपमा चुक्ता गर्न पाइन्छ र सो बापत बैंक तथा वित्तीय संस्थाले अग्रिम भुक्तानी शुल्क (Prepayment charges) लिन नपाउने व्यवस्था रहेको छ ।

View More

चालूपुँजी कर्जाको सीमा चालू पुँजी बाहेक अन्य कर्जाका लागि लागु हुँदैन । व्यवसायका लागि आवश्यक पर्ने अन्य कर्जा विद्यमान नीति नियम अनुसार बैंक तथा वित्तीय संस्थाले सोही प्रयोजनका लागि प्रदान गर्न सक्दछन् ।

View More

ऋणीले पेशगर्ने अनुमानित वित्तीय विवरणलाई यथार्थपरक बनाउनका लागि Variance सम्बन्धी व्यवस्था लागु गरिएको हो । कर्जा सीमा निर्धारण गर्दा ऋणीले पेश गरेको अनुमानित विवरणको कारोबार रकम लेखा परिक्षण प्रतिवेदनमा भएको कारोबार रकमभन्दा २० प्रतिशतभन्दा बढीले कम भएमा मात्र यो व्यवस्था लागु हुन्छ ।

View More

क्यास क्रेडिटको सीमा कर्जासँग सम्बन्धित साँवा, ब्याज तथा कुनै पनि प्रकारको शूल्क भुक्तानीमा प्रयोग गर्न पाईदैन ।

View More

चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ लागु भएपश्चात अधिविकर्ष प्रकारको कर्जा प्राकृतिक व्यक्तिले मात्र लिन पाउँछन् । कुनै पनि संस्था/फर्म/कम्पनीले भने त्यस्तो कर्जा लिन पाउँदैनन् ।

View More

एकै ऋणीलाई विभिन्न समयान्तरमा ऋणीको आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्थाले व्यवसायिक आवश्यकता देखेमा एक भन्दा बढी चालूपुँजी प्रयोजनको आवधिक कर्जा प्रदान गर्न सक्दछन ।

View More

होइन । यस कार्यविधिमा चार प्रकारको चालू पुँजी कर्जा मध्ये क्यास क्रेडिट कर्जाका लागि मात्र यो व्यवस्था लागु हुन्छ ।

View More

ऋणीले चालू पुँजी कर्जाका बिभिन्न खाताहरुमध्ये क्यास क्रेडिट कर्जा खातामा जुनसुकै श्रोतबाट पनि रकम जम्मा गर्न सक्छन् । तर उक्त खाताबाट व्यावसायिक प्रयोजनबाहेक अन्य कुनै पनि प्रयोजनका लागि रकम भुक्तानी गर्न नमिल्ने भएकोले यसरी खातामा रकम जम्मा गर्दा पर्याप्त विश्लेषण गरेर मात्र गनुपर्ने हुन्छ ।

View More