कारोबार/बिक्रिको रकम सोझै चालू पुँजी कर्जा खातामा जम्मा गर्न मिल्दैन । यस्तो रकम ऋणीको चल्ती खातामा जम्मा गर्नु पर्दछ । यसरी जम्मा भएको रकमबाट चालू पुँजी कर्जा खातामा रकमान्तर गरी कर्जा भुक्तानी गर्न सकिन्छ ।

View More

चालूपुँजी कर्जाको रकमलाई ऋणीले व्यवसायसँग सम्बन्धित प्रशासनिक तथा संञ्चालन खर्चका लागि प्रयोग गर्न पाउँछन् । तर त्यस्तो भुक्तानी सौझै बैंक खातामा जम्मा हुने गरी गर्नुपर्छ ।

View More

यस्ता व्यवसायले सञ्चालन खर्च एवं अनुमानित नगद तथा कोष प्रवाहका आधारमा चालू पुँजी कर्जा लिन मिल्ने व्यवस्था गरिएको छ । (थप विवरणका लागि मार्गदर्शनको बुँदा नं. ३.३ (ङ) )

View More

ऋणीको आवश्यकता अनुसार Ad Hoc कर्जा प्रदान गर्न मार्गदर्शनले कुनै सीमा तोकेको छैन । तर कुनै ऋणीलाई एक आर्थिक वर्षमा दुई पटकसम्म बैंक तथा वित्तीय संस्थाको व्यवस्थापनले नै र सोभन्दा बढी आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी आकस्मिक प्रकृतिको बमजयअ कर्जा प्रदान गर्न सक्नेछ ।

View More

ऋणीलाई अप्रत्याशित रुपमा वित्तीय स्रोतको आवश्यकता भएमा सम्बन्धित प्रयोजनमा सोझै रकमान्तर हुने गरी बैक तथा वित्तीय संस्थाले आकस्मिक प्रकृतिको Ad Hoc चालू पुँजी कर्जा प्रदान गर्न सक्छन् ।

View More

कर्जा रकम कर्जाको सीमा विशेष व्यवस्था
रु.१ करोडसम्म (उत्पादनमुलक उद्योगको हकमा कुल रु.३ करोडसम्म) समग्र बैंकिङ्ग प्रणालीबाट कुल रु.१ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा कुल रु.३ करोडसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू नहुने । बैंक तथा वित्तीय संस्थाको आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिअनुसार हुने
रु.२ करोडसम्म (उत्पादनमुलक उद्योगको हकमा रु.४ करोडसम्म) Fluctuating Working Capital

अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतसम्म

Fluctuating Working Capital

अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम ५० प्रतिशतसम्म Operating Cycle, Cash Conversion Cycle, Days Sales Outstanding, Inventory Conversion Period, Lead Time, Accounts Payable Period आदिको विश्लेषणका आधारमा

आवश्यकता अनुसार उपरोक्त सीमा भित्र रही Permanent Working Capital लिन सकिने
रु.२ करोड भन्दा बढी (उत्पादनमुलक उद्योगको हकमा रु.४ करोड भन्दा बढी) Fluctuating Working Capital

अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २५ प्रतिशतसम्म

Fluctuating Working Capital

अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम ४० प्रतिशतसम्म Operating Cycle, Cash Conversion Cycle, Days Sales Outstanding, Inventory Conversion Period, Lead Time, Accounts Payable Period आदिको विश्लेषणका आधारमा

Permanent Working Capital

यसका लागि Fluctuating Working Capital को सीमा लागु नहुने

कम्तीमा ३ वर्षको अनुमानित वित्तीय विवरण र कम्तीमा ३ वर्षको लेखापरीक्षण भएको विवरणका आधारमा तथा बैंक तथा वित्तीय संस्थाको आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिअनुसार

 

View More

चालू पुँजी कर्जाको सीमा निर्धारण कम्पनी/फर्म/संस्थाको वार्षिक अनुमानित कारोबार तथा लेखा परीक्षण भएको वित्तीय विवरणका साथै बैंक तथा वित्तीय संस्थाले कर्जा नीतिमा तोकेको अन्य सूचकहरुको (जस्तै Drawing Power) आधारमा गरिन्छ ।

View More

चेक जारी गर्दा व्यवसायसँग सम्बन्धित भुक्तनीका निम्ति सोझै खातामा जम्मा हुनेगरी मात्र चेक जारी गर्न मिल्छ । व्यावसायिक सम्बन्ध नभएका व्यक्ति वा कम्पनी वा संस्थालाई चेक जारी गरी रकम निकाल्न वा रकमान्तर गर्न मिल्दैन ।

View More

चालू पुँजी कर्जा मध्ये क्यास क्रेडिट कर्जाको मात्र चेक जारी गर्न मिल्छ । तर, व्यावसायिक सम्बन्ध नभएका व्यक्ति वा कम्पनी वा संस्थालाई चेक जारी गरी रकम निकाल्न वा रकमान्तरण गर्न मिल्दैन ।

View More

चालू पुँजी कर्जा सामान्यतया एक वर्षभन्दा कम अवधिको लागि प्रदान गरिन्छ । यद्यपी, Permanent Working Capital Need को लागि भने कम्तीमा तीन वर्ष र अधिकतम दश वर्षको आवधिक कर्जा प्रदान गरिन्छ ।

View More