आयात निर्यात

नेपालस्थित फर्म, कम्पनी वा संस्थाले भारतबाहेक तेस्रो मुलुकबाट नेपालमा सेवा लिएबापत अमेरिकी डलर पाँच हजारसम्मको रकम बैंक तथा वित्तीय संस्थाबाट पठाउन सकिन्छ । अमेरिकी डलर पाँच हजारभन्दा बढी १२ हजारसम्मको रकम नेपाल सरकारको सम्बन्धित नियामक निकायको सिफारिसमा वाणिज्य बैंकबाट पठाउन सकिन्छ । अमेरिकी डलर १२,००० वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्राभन्दा माथिको हकमा भुक्तानीको लागि नियामक निकायको सिफारिससहित नेपाल राष्ट्र बैंकको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान हुने व्यवस्था छ ।

View More

नेपालस्थित फर्म, कम्पनी वा संस्थाले भारतबाट नेपालमा सेवा लिएबापत भारतीय रुपैयाँ तीन लाखसम्मको रकम वाणिज्य बैंकबाट पठाउन सकिन्छ । भारतीय रुपैयाँ तीन लाखभन्दा बढी ३० लाखसम्मको रकम नेपाल सरकारको सम्बन्धित नियामक निकायको सिफारिससहित वाणिज्य बैंकबाटै पठाउन सकिन्छ । सोभन्दा अधिक रकमको हकमा नियामक निकायको सिफारिससहित नेपाल राष्ट्र बैंकको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्न सकिन्छ ।

View More

तोकिएका वस्तुमा कम्तीमा ३०% मूल्य अभिवृद्धि भई निर्यात भएमा निर्यात रकमको बढीमा ५ प्रतिशतसम्म अनुदान रकम नेपाल सरकारबाट प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।

View More

नेपालस्थित फर्म, कम्पनी, संस्थामा कार्यरत विदेशी नागरिकले नेपालमा प्राप्त गरेको तलब, भत्ता तथा अन्य सुविधाबापतको रकममा कर कट्टीपश्चात् बाँकी हुने रकमको ७० प्रतिशतसम्म विदेशी मुद्रा आफ्नो देशमा पठाउन सक्ने व्यवस्था छ ।

View More

परिवर्त्य विदेशी मुद्रा भुक्तानी हुने गरी भारतबाट प्रतीतपत्रमार्फत हाल १६७ वटा वस्तुहरु आयात गर्न सकिन्छ । यस सम्बन्धी विस्तृत जानकारी यस लिङ्कमा उपलब्ध छ ।

View More

भारतबाहेकका तेस्रो मुलुकबाट हाल एक पटकमा अमेरिकी डलर ३५,००० (अमेरिकी डलर पैँतीस हजार) वा सोबराबरको परिवर्त्य विदेशी मुद्रासम्मको तथा भारतबाट भा.रु. तीन करोडसम्मको सामानको आयातबापतको भुक्तानी ड्राफ्ट/टी.टी. को माध्यमबाट गर्न सकिन्छ ।

View More