बजारमा तरलता व्यवस्थापन गर्ने र ब्याजदरलाई उपर्युक्त स्तरमा राख्ने उद्देश्यका साथ केन्द्रीय बैंकले विशेषगरी अल्पकालीन अवधिका सरकारी ऋणपत्रहरू खुला बजारमा खरिद÷बिक्री वा धितो राखी तरलता प्रवाह÷प्रशोचन गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ । मुद्रास्फीति र अर्थतन्त्रका अन्य परिसूचकहरूको अवस्था हेरी केन्द्रीय बैंकले खुला बजारमा सरकारी ऋणपत्रहरू खरिद–बिक्री गर्ने गर्दछ । खुला बजारमा केन्द्रीय बैंकले ऋणपत्र खरिद गर्दा बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकबाट नगद प्राप्त गर्ने भएकाले बजारमा मुद्राको आपूर्ति बढ्छ र ब्याजदर कम हुन जान्छ । त्यसै गरी, खुलाबजारमा केन्द्रीय बैंकले ऋणपत्र बिक्री गर्दा बैंक तथा वित्तीय संस्थासँग भएको अधिक तरतला प्रशोचन हुन गई बजारमा मुद्राको आपूर्ति कम हुन जान्छ र ब्याजदर बढ्न सक्छ ।

View More

सरकारी वित्त स्थिति, विदेशी विनिमय कारोबार, खुला बजार कारोबार लगायतका विवरणहरूको आधारमा नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको तरलता अनुगमन तथा प्रक्षेपणका लागि प्रयोग गर्ने संरचना नै तरलता अनुगमन तथा प्रक्षेपण संरचना हो ।

View More

दीर्घकालीन ब्याजदरमा स्थायित्व ल्याउनका लागि अल्पकालीन ब्याजदर अर्थात् अन्तरबैंक ब्याजदरलाई निश्चित सीमाभित्र राख्न अपनाइएको विधि ब्याजदर करिडोर (Interest Rate Corridor) हो । यसले मौद्रिक नीतिको कार्यदिशालाई समेत इङ्गित गर्ने गर्दछ । स्थायी तरलता सुविधा उपलब्ध हुने दरले माथिल्लो सीमा र निक्षेप सङ्कलन दरले तल्लो सीमाको रूपमा काम  गर्दछ । यी दरहरू मौद्रिक नीतिले आवश्यकता हेरिकन समयसमयमा परिवर्तन गर्दछ ।

 

View More

बैंक तथा वित्तीय संस्थाभन्दा बाहिर रहेको मुद्रा, बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको मुद्रा, बैंक तथा वित्तीय संस्थाको केन्द्रीय बैंकमा रहेको मौज्दात र केन्द्रीय बैंकमा रहेको अन्य निक्षेपको योग नै आधार मुद्रा हो ।

View More

विस्तृत मुद्राप्रदाय (M2) भनेको सङ्कुचित मुद्राप्रदाय (M1), बचत निक्षेप, कल निक्षेप, मुद्दती निक्षेप र मार्जिन निक्षेपको योगफल हो । यसै गरी, खुद वैदेशिक सम्पत्ति र खुद आन्तरिक सम्पत्तिको योगफलबाट पनि विस्तृत मुद्राप्रदाय प्राप्त गर्न सकिन्छ ।

View More

संकुचित मुद्राप्रदाय भनेको चलनचल्तीमा रहेको मुद्रा तथा चल्ती निक्षेपको योग हो ।

View More

नेपालको मौद्रिक नीतिको अन्तरिम लक्ष्य (Intermediate Target) स्थिर विनिमय दर र सञ्चालन लक्ष्य (Operational Target) अन्तरबैंक ब्याजदर (Interbank Rate) रहेको छ । विस्तृत मुद्राप्रदाय (M2) र निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जाको वृद्धिदरलाई मौद्रिक नीतिको कार्यान्वयन अवस्था सङ्केत गर्ने सूचकको रुपमा लिने गरिएको छ ।

View More

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासका निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नु मौद्रिक नीतिका मुख्य उद्देश्यहरु हुन ।

View More

सरकारको राजस्व, खर्च र सार्वजनिक ऋणसँग सम्बन्धित नीतिलाई वित्त नीति भनिन्छ । वित्त नीति सरकारको बजेटको रूपमा सार्वजनिक गर्ने गरिन्छ । मौद्रिक नीतिको मुख्य जोड समष्टिगत आर्थिक स्थायित्व हुने गर्दछ र यसले मुद्राप्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन गर्ने काम गर्दछ ।

View More

नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षा लागि मौद्रिक नीति जारी गर्दछ । मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने व्यवस्था पनि रहेको छ ।

View More