नेपाल राष्ट्र बैंकका प्रकाशनहरू मुख्यतया बैंकको वेब साइट www.nrb.org.np मा उपलब्ध छन । कतिपय प्रकाशनहरू छापिएका पनि हुन्छन र त्यस्ता छापिएका प्रकाशनहरु यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा समेत उपलब्ध छन ।
View Moreनेपाल राष्ट्र बैंकले कर्जा, निक्षेप तथा वित्तीय क्षेत्र सम्बन्धी, भुक्तानी सेवासम्बन्धी, बजार मूल्य सम्बन्धी, वित्तीय पहुँच सम्बन्धी, मुद्रा सम्बन्धी, सरकारी आम्दानी तथा खर्च सम्बन्धी, शोधनान्तर तथा अन्तराष्ट्रिय वित्त सम्बन्धी तथा अन्य आर्थिक विषयमा आवश्यकताअनुसार तथ्याङ्क संकलन, प्रशोधन तथा प्रकाशन गर्ने गर्दछ ।
View Moreतलब तथा ज्यालादर सूचकाङ्कले तलब तथा ज्यालादरको सामान्य मूल्य स्तरलाई मापन गर्दछ । यस बैंकले २०६१/६२ लाई आधार वर्ष मानी तलब तथा ज्यालादर सूचकाङ्क प्रकाशन गर्दै आएको छ । छ क्षेत्रका सरकारी तथा निजी संस्थामा कार्यरत अधिकृत र गैर-अधिकृत कर्मचारीहरूको तलब विवरणका आधारमा तलव उप-सूचकाङ्क र तीन क्षेत्रबाट लिङ्ग र सीपका आधारमा ज्यालादर विवरण संकलन गरी ज्यालादर उप-सूचकाङ्क तयार गरिन्छ । यी उप-सूचकाङ्कहरूको भार क्रमशः २६.९७ प्रतिशत र ७३.०३ प्रतिशत रहेको छ ।
View Moreथोक मूल्य सूचकाङ्कले वस्तुहरूको थोक मूल्यस्तरलाई मापन गर्दछ । हाल नेपालले आर्थिक वर्ष २०७४/७५ लाई आधार वर्षमानी २६२ वस्तुहरूको पाक्षिक, मासिक र त्रैमासिकरुपमा मूल्य संकलन गरी यी वस्तुहरूको थोक मूल्य गणना गर्ने गरेको छ । यी वस्तुहरूमध्ये प्राथमिक समूह अर्न्तर्गत २ उपसमूह, इन्धन तथा ऊर्जा समूह अन्तर्गत २ उपसमूह र उत्पादन समूह अन्तर्गत १३ उपसमूह रहेका छन् । यी समूहहरूको भाराङ्क क्रमशः ३३.५९ प्रतिशत, ८.७६ प्रतिशत र ५७.६५ प्रतिशत रहेको छ ।
View Moreनेपाल राष्ट्र बैंकले प्रकाशन गर्ने मूल्य सूची तोकिएका वस्तु डालोमा संलग्न वस्तुहरूको भारित मूल्य सूचकाङ्कमा आधारित हुन्छ । यस्ता वस्तुहरूलाई विभिन्न समूहमा विभाजन गरेर भार प्रदान गरिन्छ । कुनै वस्तुको मूल्य धेरैले वृद्धि भएतापनि अर्को वस्तुको मूल्य धेरैले कम हुन जाँदा औसत भारित मूल्यमा सामान्य मात्र परिवर्तन भएको हुन सक्छ । तर आम जनताले वस्तु खरीदगर्न जाँदा आफूले खरीद गर्ने वस्तुको मात्र धेरैले मूल्य वृद्घि भएको वा घटेको महसुस गर्ने हुनाले नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको मूल्य सूचकाङ्क (मूल्यवृद्धि दर) र आम जनताले महसुस गरेको मूल्यवृद्धि (दर) बीच समानता नहुन सक्दछ ।
View Moreउपभोक्ता मूल्य सूचकाङ्कले उपभोग्य वस्तु तथा सेवाहरूको खुद्रा मूल्यस्तरलाई मापन गर्दछ । उपभोक्ता मुद्रास्फीति मापन गर्न हाल उपभोक्ता डालोमा ४९६ वस्तु तथा सेवाहरू समावेश गरिएका छन् । ६० बजार केन्द्रहरूबाट यी वस्तु तथा सेवाहरूको साप्ताहिक, मासिक र त्रैमासिकरुपमा मूल्य संकलन गरी उपभोक्ता मूल्य सूचकाङ्क तयार गर्ने गरिन्छ । आर्थिक वर्ष २०७१/७२ को आधार मूल्यको आधारमा यी वस्तुहरूको मुद्रास्फीति मापन गरिन्छ । यी वस्तुहरूमध्ये खाद्य तथा पेय पदार्थ समूह अर्न्तर्गत १३ उपसमूह र गैर?खाद्य तथा सेवा समूह अर्न्तर्गत ९ उपसमूह रहेका छन् । उक्त समूहहरूको भाराङ्क क्रमशः ४३.९१ प्रतिशत र ५६.०९ प्रतिशत रहेको छ ।
View Moreनिश्चित समयावधिमा निर्यात र आयात गरिएका वस्तुहरूको इकाई मूल्यलाई निर्यात र आयात मूल्य सूचकाङ्कले मापन गर्दछ । निर्यात-आयात मूल्य सूचकाङ्क अनुपातलाई व्यापारको शर्त (Terms of Trade) पनि भनिन्छ । निर्यात-आयात मूल्य सूचकाङ्क अनुपात बढेमा निर्यात गर्ने मुलुकका लागि अन्तराष्ट्रिय व्यापारको शर्त अनुकूल भएको मानिन्छ । नेपाल राष्ट्र बैंकले निर्यात आयात मूल्य सूचकाङ्क मासिक रुपमा प्रकाशन गर्दै आएको छ ।
View Moreनिश्चित समयावधिभित्र आवासीय र गैर-आवासीय व्यक्ति/संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा वाहृय क्षेत्र कारोबारबाट तरलताको प्रवाह र घाटा भएमा प्रशोचन हुन्छ । नेपाल राष्ट्र बैंकले चालु खाता एवम् समग्र शोधनान्तर स्थिति सम्बन्धी विवरण मासिक रुपमा प्रकाशन गर्ने गरेको छ ।
View Moreनिश्चित समयावधिभित्र आवासीय र गैर-आवासीय व्यक्ति/संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारहरूको सारांश नै चालु खाता सन्तुलन हो । चालु खाता घाटा वा बचतमा रहन सक्दछ । चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।
View Moreशोधनान्तर खाता अर्न्तगत पुँजी तथा वित्तीय खातामा कारोबार गर्न पाउने सुविधालाई पुँजी खाता परिवर्त्यता भनिन्छ । नेपालले पुँजी खाता अर्न्तर्गतका कारोबारहरूलाई पूर्ण रुपमा परिवर्त्य गरेको छैन । अधिकांश क्षेत्रहरूमा प्रत्यक्ष वैदेशिक लगानीलाई प्रोत्साहन गरिएको छ भने वैदेशिक ऋण आप्रवाहलाई नियमन गरिएको छ । अर्कोतर्फ, छोटो समयका पुँजीगत आप्रवाह, रियल स्टेट लगानी, सरकारी ऋणपत्र तथा पुँजी बजारमा पोर्टफोलियो लगानी खुला गरिएको छैन ।
View More