वस्तु तथा सेवाको अन्तराष्ट्रिय कारोबार, आय तथा चालु ट्रान्सफर लगायतका चालु प्रकृतिका कारोबारको भुक्तानीका लागि स्वदेशी मुद्रालाई विदेशी मुद्रामा र विदेशी मुद्रालाई स्वदेशी मुद्रामा परिवर्तन गर्न सकिने सुविधालाई चालु खाता परिवर्त्यता भनिन्छ ।
View Moreबैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको केही प्रतिशत तरल सम्पत्ति राख्नुपर्ने गरी तोकिएको दायित्व नै वैधानिक तरलता अनुपात -Statutory Liquidity Ratio_ हो । हाल अनिवार्य नगद मौज्दात, सरकारी सुरक्षणपत्र तथा बैंकको ढुकुटीमा रहेको नगदसमेत गरी वाणिज्य बैंकले आफ्नो कुल निक्षेप दायित्वको १० प्रतिशत, विकास बैंकले ८ प्रतिशत र वित्त कम्पनीले ७ प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेको छ ।
View Moreअनिवार्य नगद अनुपात (Cash Reserve Ratio) भनेको बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेप दायित्वको केही प्रतिशत नेपाल राष्ट्र बैंकमा अनिवार्य मौज्दात बापत राख्नु पर्ने रकम हो । हाल बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकमा आफ्नो कुल निक्षेप दायित्वको ३ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।
View Moreबैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न माध्यमहरूमध्ये निक्षेप संकलन बोलकबोल पनि एक माध्यम हो । यस अन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाहरुबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ ।
View Moreबैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो ।
View Moreखुलाबजार कारोबारका उपकरणहरू अर्न्तर्गत रिपो बोलकबोल, रिभर्स रिपो बोलकबोल, सोझै खरिद बोलकबोल, सोझै बिक्री बोल कबोल, निक्षेप संकलन बोलकबोल र नेपाल राष्ट्र बैंक ऋणपत्र रहेका छन् ।
View Moreबजारमा तरलता व्यवस्थापन गर्ने र व्याजदरलाई प्रभाव पार्ने उद्देश्यका साथ केन्द्रीय बैंकले विशेषगरी अल्पकालीन अवधिका सरकारी ऋणपत्रहरू खुला बजारमा खरिद बिक्री गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ । मुद्रास्फीति र अर्थतन्त्रका अन्य परिसूचकहरुको अवस्था हेरी केन्द्रीय बैंकले खुला बजारमा ऋणपत्रहरू खरिद बिक्री गर्ने गर्दछ । खुला बजारमा केन्द्रीय बैंकले ऋणपत्र खरीद गर्दा बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकबाट नगद प्राप्त गर्ने भएकाले बजारमा मुद्राको आपूर्ति बढ्दछ र ब्याजदर कम हुन जान्छ । त्यस्तै, खुला बजारमा केन्द्रीय बैंकले ऋणपत्र बिक्री गर्दा बैंक तथा वित्तीय संस्थासँग भएको अधिक तरतला प्रशोचन हुन गई बजारमा मुद्राको आपूर्ति कम हुन जान्छ र व्याजदर बढ्दछ ।
View Moreसरकारी वित्त स्थिति, विदेशी विनिमय कारोबार, खुला बजार कारोबार लगायतका विवरणहरूको आधारमा नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको तरलता अनुगमन तथा प्रक्षेपणका लागि प्रयोग गर्ने संरचना नै तरलता अनुगमन तथा प्रक्षेपण संरचना हो ।
View Moreदीर्घकालीन ब्याजदरमा स्थायित्व ल्याउनका लागि अल्पकालीन ब्याजदर अर्थात् अन्तर?बैंक ब्याजदरलाई निश्चित सीमा भित्र राख्न अपनाइएको विधि ब्याजदर करिडोर हो । यसले मौद्रिक नीतिको कार्यदिशालाई समेत इङ्गति गर्ने गर्दछ ।
View Moreबैंक तथा वित्तीय संस्थाहरूभन्दा बाहिर रहेको मुद्रा, बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको मुद्रा, बैंक तथा वित्तीय संस्थाहरूको केन्द्रीय बैंकमा रहेको मौज्दात र केन्द्रीय बैंकमा रहेको अन्य निक्षेपको योग नै आधार मुद्रा हो ।
View More