DiFi-Hub बारे थप जानकारी प्राप्त गर्न देहायको सम्पर्क ठेगानामा आफ्नो जिज्ञासा राख्न सकिन्छ :
- इमेल: difihb@nrb.org.np
- सम्पर्क नम्बर: ०१-५७१९६४४/५/६ (Ext. १३५६, १३५४, १३६७, १३६८)
- कार्यालय: भुक्तानी प्रणाली विभाग, बालुवाटार, काठमाडौं ।
सकिँदैन । यस संयन्त्रले केवल गैर-बन्धनकारी परामर्श प्रदान गर्ने र कुनै पनि नवप्रवर्तनलाई पूर्णरूपमा ग्राहकको उपयोगका लागि जारी गर्दा विद्यमान कानुनी तथा नियामकीय व्यवस्थाबमोजिमको स्वीकृति/अनुमति अनिवार्य लिनुपर्ने हुन्छ ।
View MoreDiFi-Hub मार्फत नवप्रवर्तकलाई वित्तीय स्रोत साधन प्रदान हुने व्यवस्था छैन । यस संयन्त्रले विद्यमान संरचनाअनुरूप नवप्रवर्तकहरूको नियामकसँगको सहज पहुँच विस्तार गर्दै आवश्यक गैर-बन्धनकारी परामर्शमार्फत नियामकीय व्यवस्थासँग सामञ्जस्य हुनेगरी नवप्रवर्तन विकासमा सघाउ पुर्याउने कार्य गर्दछ ।
View MoreDiFi-Hub मा छलफलका लागि प्रस्ताव पेस गर्न यस संयन्त्रको सचिवालय अर्थात् भुक्तानी प्रणाली विभागअन्तर्गत रहेको भुक्तानी अनुसन्धान तथा विकास इकाइले तोकेबमोजिमको प्रक्रियाबाट आवश्यक कागजात/विवरण पेस गर्नुपर्ने हुन्छ ।
View MoreDiFi-Hub मा विद्युतीय वित्तीय सेवासम्बन्धी नवप्रवर्तनको प्रारम्भिक विचार बोकेका व्यक्ति वा संस्थादेखि नवप्रवर्तन विकास गरी बजारीकरण गर्नका लागि नियामकीय प्रष्टता खोजिरहेका संस्थाहरू सहभागी हुन सक्छन् । यस संयन्त्रमार्फत विद्युतीय वित्तीय सेवासम्बन्धी नवीन विचार भएका शिक्षाविद् तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले समेत आवश्यक नियामकीय परामर्श प्राप्त गर्न सक्छन् ।
View MoreDiFi-Hub ले मुख्यत: नवप्रवर्तकको नियामकसँग सहज पहुँच विस्तार गरी नवप्रवर्तन र नीति/नियमबीच सामञ्जस्यता कायम गर्ने तथा नियामकीय व्यवस्था सम्बन्धमा नवप्रवर्तकलाई आवश्यक जानकारी प्रवाह गर्ने कार्य गर्दछ । साथै, यस संयन्त्रले वित्तीय नवप्रवर्तकहरूबाट प्राप्त प्रस्ताव विद्यमान नीतिगत एवम् नियामकीय दायरामा पर्ने/नपर्ने सम्बन्धमा विश्लेषण गरी भुक्तानी प्रणाली विभागलाई राय/सुझाव दिने, प्राप्त प्रस्ताव कार्यान्वयनयोग्य रहे/नरहेको सम्बन्धमा उक्त संस्थाहरूलाई गैर-बन्धनकारी परामर्श तथा सुझाव दिने, प्राप्त प्रस्ताव विद्युतीय बैंकिङ तथा भुक्तानी प्रणालीको क्षेत्रमा उपयुक्त रहे/नरहेको सम्बन्धमा भुक्तानी प्रणाली विभागलाई सुझाव दिने र उदीयमान प्रविधि तथा विद्युतीय बैंकिङ प्रणाली सम्बन्धमा पेस हुने प्रस्तावका आधारमा भुक्तानी प्रणाली विभागलाई कानुनी तथा नियामकीय संरचनामा गर्नुपर्ने सुधारबारे सुझाव दिने कार्यसमेत गर्दछ ।
View MoreDiFi-Hub मा प्रचलित कानुनबमोजिम यस बैंकको नियामकीय तथा सुपरिवेक्षकीय कार्यक्षेत्रभित्र पर्ने विद्युतीय वित्तीय सेवाबारे छलफल गर्न सकिन्छ ।
View MoreDiFi-Hub को प्रमुख उद्देश्य वित्तीय नवप्रवर्तकहरूलाई विद्यमान नीतिगत एवम् नियामकीय व्यवस्थाबारे जानकारी गराउने, वित्तीय नवप्रवर्तकहरूबाट प्राप्त प्रस्तावको विश्लेषण गरी गैर-बन्धनकारी (non-binding) नियामकीय दृष्टिकोण, परामर्श र सुझाव प्रदान गर्ने तथा नियामकसँगको सहज पहुँच विस्तार गरी उत्तरदायी फिनटेक नवप्रवर्तनलाई थप उत्प्रेरित गर्नु रहेको छ ।
View MoreDigital Finance Innovation Hub (DiFi-Hub) भन्नाले बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा नवीनतम प्रविधिमा आधारित वित्तीय सेवाको विकास र प्रवर्द्धनका लागि नेपाल राष्ट्र बैंकले अन्य नियामक निकाय, वित्तीय नवप्रवर्तकहरू, निजी क्षेत्र लगायतसँग समन्वय र सहकार्य गर्ने संयन्त्र हो ।
View More