RTGS प्रणालीबाट कारोबार गर्दा सेटलमेन्ट जोखिम न्यूनीकरण हुने, कारोबारको विवरण RTGS प्रणालीमा तत्काल देखिने भएकोले सुरक्षित र विश्वसनीय हुने, कारोबारको भुक्तानी तत्कालै हुने भएकोले आर्थिक गतिविधिमा तीव्रता आउँछ ।

View More

Morning Exchange for Customer and Interbank Payments र Afternoon Exchange for Customer and Interbank Payments Period मा ग्राहक कारोबार (Customer Transfer) तथा अन्तरबैंक कारोबार (Interbank Payments) गर्न सकिने व्यवस्था रहेको छ भने Evening Exchange for Interbank Payments Period केवल अन्तरबैंक RTGS कारोबारको लागि छुट्याइएको छ ।

RTGS Timing हेर्न यो Link मा Click गर्नुहोस् ।

Link: Final_RTGS-System-Rule-V2-2079-06.pdf (nrb.org.np)

View More

यस प्रणालीमार्फत कारोबार गर्न सकिने मुद्राहरूमा नेपाली रुपैयाँ (NPR), अमेरिकी डलर (USD), युरो (EURO), ब्रिटिस पाउण्ड (GBP) र जापानी येन (JPY) रहेका छन् । नेपाली रुपैयाँ र जापानी येनको हकमा यस प्रणालीमार्फत २ लाख वा सोभन्दा बढी जतिसुकै रकमको भुक्तानी गर्न सकिन्छ भने अमेरिकी डलर, युरो र ब्रिटिस पाउण्डका हकमा २ हजारभन्दा बढी रकमको कारोबार यस प्रणालीमार्फत गर्न
सकिन्छ ।

View More

RTGS प्रणालीबाट हुने कारोबार सामान्यतयाः केही मिनेटमै सम्पन्न हुन्छ ।

View More

Morning Exchange for Customer and Interbank Payments Period मा कारोबार गर्दा प्रतिकारोबार रु.१०, Afternoon Exchange for Customer and Interbank Payments Period मा कारोबार गर्दा प्रतिकारोबार रु.२० र Evening Exchange for Interbank Payments Period मा कारोबार गर्दा प्रतिकारोबार रु.१०० लाग्ने व्यवस्था छ ।

View More

यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाको कुनै पनि शाखाबाट RTGS कारोबार गर्न सकिन्छ । RTGS कारोबार गर्न सकिने बैंक तथा वित्तीय संस्थाको सूची यस बैंकको वेबसाइटमा हेर्न सकिन्छ ।

View More

RTGS प्रणालीबाट कारोबार गर्न आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानीसम्बन्धी आदेशसहितको विवरण खुलाई बुझाउनुपर्दछ । त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक वा वित्तीय संस्थाले RTGS प्रणालीमा प्रविष्ट गरेपछि तुरुन्त कारोबार सम्पन्न हुन्छ ।

View More

यो ठूलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुन्छ ।

View More