निर्माण क्षेत्रसँग सम्बन्धित कर्जामा नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को ने.रा.बैंक निर्देशन फा.नं.९.३ को क्र.सं.६ मा उल्लेखित निर्माण क्षेत्र पर्दछन् । साथै यस प्रयोजनका लागि निर्माणसँग प्रत्यक्ष रुपमा सम्बन्धित सिमेन्ट, डण्डी, ईँटा/ब्लक, पाईपस् एण्ड फिटिङ्कस् लगायतका उद्योगमा प्रवाहित कर्र्जा समेत निर्माण क्षेत्रसँग सम्बन्धित कर्जामा पर्दछन् ।

View More

उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितो सँगै शेयर समेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाइन्छ ।
बैंक तथा वित्तीय संस्थाले व्यवसायीक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा शेयर समेत धितोको रुपमा राख्न सक्छन् । अन्य संस्थाको शेयर किन्ने प्रयोजन देखि बाहेकका व्यावसायिक प्रयोजनको लागि शेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) को रुपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोडको सीमा लागू हुदैन ।

View More

रु. १ करोड सम्मको कर्जा लिई कृषि, हस्तकला तथा सीपमूलक व्यावसाय एवम् अन्य उद्यम व्यवसाय गर्न चाहेमा आयात सम्बन्धी व्यावसाय वाहेकका व्यवसायको लागि बैंक तथा वित्तीय संस्थाको आधार दरमा २ प्रतिशतसम्ममात्र प्रिमियम थप गरी कायम हुने ब्याजदरमा कर्जा लिन पाइन्छ ।

View More

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिका नाममा खोलिएका बचत तथा मुद्दति खातामा राखेको निश्चित सीमा सम्मको रकम संस्था समस्याग्रस्त घोषणा भई फिर्ता गर्न नसकेमा उक्त सीमासम्मको निक्षेप रकम फिर्ता गर्ने गरी सुरक्षण गराउने काम नै निक्षेप सुरक्षण हो । हाल प्राकृतिक व्यक्तिका नाममा बैंक तथा वित्तीय संस्थाको बचत तथा मुद्दती खातामा रहेको ३ लाखसम्मको रकमको सुरक्षण गरिएको छ ।

View More

यस बैंकबाट जारी निर्देशनका Soft Copy को हकमा “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरू तथा लघु वित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन तथा सूचनाहरु यस बैंकको वेवर्साईटमा रहेको Regulation & Supervision वेवपेज अर्न्तर्गत Bank & Financial Institution Regulation बाट, विदेशी विनिमय कारोबार सम्बन्धमा र भुक्तानी तथा फछ्यौट सम्बन्धमा सोही वेवपेजको क्रमशः Foreign Exchange Management र Payment Systems Department बाट प्राप्त गर्न सकिन्छ भने छपाई भएका प्रतिहरु (Hard Copy) उपलब्ध भएसम्म सम्बन्धित विभागबाट प्राप्त गर्न सकिन्छ ।

View More

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको कारोबार सम्बन्धमा बैंक तथा वित्तीय संस्था नियमन विभागबाट, विदेशी विनिमय कारोबार सम्बन्धमा विदेशी विनिमय व्यवस्थापन विभागबाट र भुक्तानी तथा फछ्यौट सम्बन्धमा भुक्तानी प्रणाली विभागबाट निर्देशन जारी गर्ने गरिएको छ ।

View More

हाललाई सबै बर्गका बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने इजाजतपत्र सम्बन्धी कार्य स्थगन गरिएको छ ।

View More

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाहरूलाई इजाजतपत्र प्रदान गर्दछ ।

View More

सुपरिवेक्षण र नियमन फरक विषय हुन् । यिनीहरूवीच अन्तरसम्बन्ध भने रहन्छ । नियमन भन्नाले विद्यमान ऐन, कानूनहरूको परिधिभित्र रही अन्तराष्ट्रिय असल अभ्यास समेतका आधारमा बैंक तथा वित्तीय संस्थाको काम कारबाहीलाई निर्देशित गरी निक्षेपकर्ता तथा सम्बद्ध सरोकारवालाहरूको हित संरक्षण तथा वित्तीय क्षेत्र स्थायित्व कायम हुने गरी आवश्यक निर्देशनहरू जारी गर्ने भन्ने बुझिन्छ भने त्यसरी जारी गरिएका मापदण्ड, मार्गदर्शन तथा निर्देशनहरूको पालना भए नभएको यकिन गर्ने कार्य सुपरिवेक्षण हो ।

View More

प्रचलित ऐन, कानून तथा अन्तराष्ट्रिय असल अभ्यास समेतका आधारमा बैंक तथा वित्तीय संस्थाको काम कारबाहीलाई निर्देशित गरी निक्षेपकर्ता तथा सम्बद्ध सरोकारवालाहरूको हित संरक्षण गरी वित्तीय क्षेत्र स्थायित्व कायम गर्न आवश्यक निर्देशनहरू जारी गर्ने काम नै नेपाल राष्ट्र बैंकले गर्ने नियमन कार्य हो ।

View More