नेपाल राष्ट्र बैंकबाट प्रदान गरिने पुनरकर्जा तीन प्रकारका हुन्छन् :

(क)   लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा,

(ख)   विशेष पुनरकर्जा र

(ग)   साधारण पुनरकर्जा

View More

पुनरकर्जा प्राप्त गर्ने ग्राहक ऋणीले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जामा पुनरकर्जाको अवधिभर नेपाल राष्ट्र बैंकले तोकेको ब्याजदर मात्र तिरे पुग्छ । नेपाल राष्ट्र बैंकबाट तोकिने ब्याजदर बैंकहरूले लिने सामान्य ब्याजदरभन्दा कम हुने भएकाले ऋणी ग्राहकहरूलाई फाइदा हुन्छ ।

View More

नेपाल राष्ट्र बैंकले पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा आधारित भई पुनरकर्जा सम्बन्धी काम गर्दछ ।

View More

बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा नेपाल राष्ट्र बैंकबाट निश्चित अवधिको लागि बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने कर्जा नै पुनरकर्जा हो ।

View More