सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको रु. १५ लाखसम्मका कर्जाहरू, प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहे तापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका रु. १५ लाखसम्मका कर्जाहरू लगायतका पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा तोकिए बमोजिमका कर्जाहरू लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि योग्य हुन्छन् ।

View More

यस बैंकबाट तोकिएका शर्तहरू पालना गरेका “क”, “ख”, “ग” र “घ” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले पुनरकर्जाको लागि आवेदन दिन सक्दछन् ।

View More

ग्राहक ऋणी अनुसार पेश गरिने आवेदनमा पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा तोकिए बमोजिम ग्राहक ऋणीको निवेदन, कम्पनीको हकमा लेखापरीक्षण गरिएको पछिल्लो तीन आर्थिक वर्षो वित्तीय विवरण लगायतका कागजात आवश्यक हुन्छ ।

View More

एकमुष्ट पुनरकर्जाको लागि आवेदन आहृवान गर्दा पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा तोकिए बमोजिमको ढाँचामा आवेदन तथा ग्राहक ऋणीको विवरण मात्र आवश्यक हुन्छ । अन्य कागजात राष्ट्र बैंकमा पेश गर्न आवश्यक छैन ।

View More

एकमुष्ट पुनरकर्जाको लागि आवश्यक सम्पूर्ण कागजातसहित निवेदन पेश गर्ने तोकिएको म्याद समाप्त भएको एक महिनाभित्र नेपाल राष्ट्र बैंकले पुनरकर्जा सम्बन्धी निर्णय गर्दछ ।

View More

एकमुष्टरूपमा प्रदान गरिने पुनरकर्जाको लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन आहृवान गर्दछ । उक्त आहृवानमा तोकिएको समयावधिभित्र बैंक तथा वित्तीय संस्थाहरुले ग्राहक ऋणीको विवरण सहित तोकिएको ढाँचामा आवेदन गरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा प्राप्त गर्न सक्छन ।

View More

बैंक तथा वित्तीय संस्थाले पुनरकर्जा प्राप्त गर्न दुइ तरीकाले आवेदन दिन सक्दछन् :
(क) नेपाल राष्ट्र बैंकबाट आहृवान भएको समयमा एकमुष्ट पुनरकर्जाको लागि आवेदन दिएर, र
(ख) ग्राहक ऋणीको विश्लेषण गरी ऋणी अनुसार आवेदन दिएर ।

View More

नेपाल राष्ट्र बैंकबाट आहृवान गरी बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट प्रदान हुने पुनरकर्जामा प्रति ग्राहक सीमा रु. ५ करोड हो भने ग्राहक ऋणी अनुसार उपलब्ध हुने साधारण पुनरकर्जाको प्रति ग्राहक सीमा रु. २० करोड हो ।

View More

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार पुनरकर्जा बढीमा एक वर्षे लागि प्रदान गरिन्छ ।

View More

नेपाल राष्ट्र बैंकले प्रदान गर्ने पुनरकर्जामा ऋणीले तिर्नुपर्ने व्याजदर यस बैंकले समय समयमा तोके बमोजिम हुने गर्दछ । हालको व्याजदर देहाय बमोजिम रहेको छ ।

पुनरकर्जाको प्रकार ग्राहकले तिर्ने ब्याजदर
लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा ५ %
विशेष पुनरकर्जा ३ %
साधारण पुनरकर्जा ५ %
View More