पुनरकर्जा प्राप्त गर्ने ऋणी असल कर्जामा वर्गीकृत हुन अनिवार्य छैन ।

View More

एउटै ऋणीका एकै बैंकमा १५ लाख मुनिका एकभन्दा बढी कर्जा भएमा सबै कर्जाले एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जा पाउँदैनन् । पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा बैंक तथा वित्तीय संस्थाले पुनरकर्जाको लागि ऋणी छनौट गर्दा पालना गर्नुपर्ने प्राथमिकताका आधारहरू तोकिदिएकोले सोही प्राथमिकताका आधारमा बैंक तथा वित्तीय संस्थाले ऋणीहरू छनौट गरी पुनरकर्जा माग गर्दछन् ।

View More

आपसी सम्बन्ध भएका ऋणीहरूलाई एकै पटक पुनरकर्जा माग गर्न रोक लगाइएको छैन ।

View More

सक्दैनन । पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा कुनै पनि ऋणीले एक पटकमा एकभन्दा बढी इजाजतपत्रप्राप्त संस्थामार्फत पुनरकर्जा सुविधा उपयोग गर्न पाउने छैनन् भन्ने स्पष्ट व्यवस्था गरेको छ ।

View More

पुनरकर्जाको लागि आवेदन ऋणी स्वयम दिन मिल्दैन । पुनरकर्जाका सबै आवेदन बैंक तथा वित्तीय संस्थामार्फत पेश गर्नु अनिवार्य पर्दछ । त्यसैले ग्राहक ऋणीले आ-आफ्नै बैंक तथा वित्तीय संस्थामा निबेदन दिनुपर्दछ ।

View More

एकपटक पुनरकर्जा उपयोग गरिसकेका ऋणीले सामान्यतः पुनः पुनरकर्जाको सुविधा पाउँदैन

View More

व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगारमूलक कार्य गरी आय आर्जन गरेको विषयमा इजाजतपत्रप्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जामा पुनरकर्जा पाउन सकिन्छ ।

View More

कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामाग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाहरू लगायत पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा पुनरकर्जाका लागि अयोग्य भनी तोकिएका कर्जाहरूमा पुनरकर्जा प्रदान गरिंदैन ।

View More

जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपन्छी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग, व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग लगायतका पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा तोकिए बमोजिमका कर्जाहरू साधारण पुनरकर्जाका लागि योग्य मानिन्छन् ।

View More

हाल सञ्चालनमा रहेका निर्यातजन्य उद्योग व्यवसायलाई प्रवाह भएका कर्जाहरू, न्यून आय भएका महिला, आदिवासी, जनजाति, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरू लगायत पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा तोकिए बमोजिमका कर्जाहरू विशेष पुनरकर्जाका लागि योग्य मानिन्छन् ।

View More