मनि चेन्जर/क्यासिनो

मनिचेञ्जरको इजाजतपत्रको लागि आफूलाई पायक पर्ने नेपाल राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विदेशी विनिमय व्यवस्थापन विभागमा निवेदन पेस गर्न सकिन्छ । तर, हाललाई अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका स्थानमा मनिचेञ्जरको नयाँ इजाजतपत्र प्रदान गर्नेसम्बन्धी कार्य बन्द रहेको छ ।

View More

प्राकृतिक व्यक्तिले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र लिन सक्दैनन् । कानुनबमोजिम स्थापित फर्म, कम्पनी, सङ्गठित संघ, संस्थाहरुले मात्र विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र लिन सक्छन् । मनिचेञ्जरको इजाजतपत्र लिने संस्था कम्पनी हुनुपर्दछ ।

View More

मनिचेञ्जरले इजाजतपत्र प्राप्त/नवीकरण गर्न देहायबमोजिम शुल्क बुझाउनुपर्छ
(क) भारतीय रुपैयाँ खरिद बिक्री कारोबारको लागि पच्चिस हजार रुपैयाँ ।
(ख) परिवर्त्य विदेशी मुद्राको खरिद कारोबारका लागि एक लाख रुपैयाँ ।
(ग) उपर्युक्त (क) र (ख) दुवै कारोबारका लागि एक लाख पच्चिस हजार रुपैयाँ ।
(घ) विदेश भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानीबापत तोकिएबमोजिमको सटही सुविधा प्रदान गर्ने कारोबारका लागि थप पच्चिस हजार रुपैयाँ ।

View More

मनिचेञ्जरले इजाजतपत्र प्राप्त/नवीकरण गर्न देहायबमोजिमको धरौटी/बैंक ग्यारेण्टी पेस गर्नुपर्दछः
(क) भारतीय रुपैयाँ खरिद बिक्री कारोबारको लागि एक लाख रुपैयाँ ।
(ख) परिवर्त्य विदेशी मुद्राको खरिद कारोबारका लागि पाँच लाख रुपैयाँ ।
(ग) उपर्युक्त दुवै कारोबारका लागि छ लाख रुपैयाँ ।
(घ) विदेश भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानीबापतको सटही सुविधासमेत प्रदान गर्ने कारोबारका लागि थप दुई लाख रुपैयाँ ।
उल्लिखित धरौटी÷बैंक ग्यारेण्टीको अतिरिक्त नेपाल राष्ट्र बैंकमा देहायबमोजिम नगद धरौटीसमेत राख्नुपर्दछ:
(क) भारतीय रुपैयाँ खरिद बिक्री कारोबारको लागि पचास हजार रुपैयाँ
(ख) परिवर्त्य विदेशी मुद्राको खरिद कारोबारका लागि पचहत्तर हजार रुपैयाँ
(ग) उपर्युक्त (क) र (ख) दुवै कारोबारका लागि एक लाख रुपैयाँ ।

View More

मनिचेञ्जरको हकमा विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रको अवधि तीन वर्ष रहेको छ ।

View More

हाल नेपालमा इजाजतपत्रप्राप्त मनिचेञ्जरको संख्या काठमाण्डौ उपत्यका भित्र १६१ र काठमाण्डौ उपत्यका बाहिर २०८ गरी जम्मा ३६९ रहेका छन् ।

View More