सिक्का, असर्फी, सुन तथा चाँदी

सर्वसाधारणले टक्सार महाशाखाबाट खरिद गर्न सकिने सुनको असर्फी २.५ ग्राम, ५ ग्राम र १० ग्रामका छन् । तिनीहरूको मूल्य बजार मूल्यमा आउने उतार चढावसँगै दैनिक तोकिने गर्दछ ।

View More

टक्सार महाशाखाबाट खरीद गरिएका सुन तथा चाँदीका सिक्का पुनः सोही महाशाखामा बिक्री गर्न पाइँदैन । अर्थात्, नेपाल राष्ट्र बैंकले र्सवसाधारणमा सुन तथा चाँदीका सिक्का बिक्री गर्दछ, सर्वसाधारणबाट खरिद गर्दैन ।

View More

नेपाल राष्ट्र बैंकले विक्री गर्ने स्मारिका सिक्का, मेडालियन नेपाल राष्ट्र बैक, मुद्रा व्यवस्थापन विभाग अर्न्तर्गतको टक्सार महाशाखा, बबरमहलबाट किन्न सकिन्छ ।

View More

नेपाल राष्ट्र बैंकले विक्री गर्ने सुन तथा चाँदीका असर्फी/सिक्का नेपाल राष्ट्र बैक, मुद्रा व्यवस्थापन विभाग अर्न्तर्गतको टक्सार महाशाखा, बबरमहल तथा प्रदेशस्थित कार्यालयहरूबाट किन्न सकिन्छ ।

View More

सर्वसाधारणले कार्यालय खुलेको दिन महाशाखाको बबरमहल परिसरमा रहेको काउण्टरबाट सिक्काहरू खरिद गर्न सक्नेछन् । कार्यालय समय आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ?कार्तिक १६ देखि माघ १५ सम्म विहान १० देखि ३ सम्म) र शुक्रबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म रहेको छ ।

View More

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा हाललाई काठमाण्डौ, बबरमहलस्थित नेपाल औषधी लिमिटेडको भवनमा रहेको छ ।

View More