प्रत्यक्ष वैदेशिक लगानी तथा वैदेशिक ऋण

विदेशी लगानीमा स्थापित उद्योग÷कम्पनीले प्रचलित कानुनी व्यवस्थाबमोजिम विदेशी मुद्रामा ऋण लिन सक्छन् ।

View More

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा (२) सँग सम्बन्धित अनुसूचीमा उल्लिखित देहायबमोजिमका उद्योग वा व्यवसायमा विदेशी लगानी खुला गरिएको छैनः
१. आफूले उत्पादन गरी कम्तीमा ७५ प्रतिशत निकासी गर्ने पशुपन्छीपालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित ठूला उद्योगबाहेकका सो क्षेत्रका अन्य उद्योग वा व्यवसाय
२. लघु तथा घरेलु उद्यम
३. व्यक्तिगत सेवा व्यवसाय (जस्तैः कपाल काट्ने, सिलाई, ड्राइभिङ आदि)
४. हातहतियार, खरखजाना, गोलीगठ्ठा, बारुद वा बिस्फोटक पदार्थ तथा न्यूक्लियर बायोलोजिकल तथा केमिकल (एन.बी.सी.) उत्पादन गर्ने उद्योग, आणविक शक्ति (एटोमिक इनर्जी), विकिरणजन्य सामग्री (रेडियोएक्टिभ म्याटेरियल्स) उत्पादन गर्ने उद्योग
५. घरजग्गा खरिद बिक्री व्यवसाय (निर्माण उद्योगबाहेक), खुद्रा व्यापार, आन्तरिक कुरियर सेवा, स्थानीय क्याटरिङ सेवा, मनिचेञ्जर, रेमिटेन्स सेवा
६. पर्यटनमा संलग्न ट्राभल एजेन्सी, पथ प्रदर्शक, ट्रेकिङ तथा पर्वतारोहण पथ प्रदर्शक, होमस्टेलगायतका ग्रामीण पर्यटन
७. आमसञ्चारका माध्यमहरु (पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचार) को व्यवसाय, राष्ट्र भाषाको चलचित्र व्यवसाय
८. व्यवस्थापन, लेखा, इन्जिनियरिङ, कानुनी परामर्श सेवा र भाषा तालिम, सङ्गीत तालिम, कम्प्युटर तालिम
९. एकाउन्न प्रतिशतभन्दा बढी विदेशी लगानी हुने परामर्श सेवाहरु ।

View More

नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता रु.दुई करोड तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन ।
तर, नेपाल सरकार र गैरआवासीय नेपालीहरुको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्न गैरआवासीय नेपाली (प्राकृतिक व्यक्ति) लाई विदेशी लगानीको न्यूनतम सीमा लागू हुँदैन ।

View More

विदेशी लगानीसँग सम्बन्धित मुख्य–मुख्य ऐनमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, औद्योगिक व्यवसाय ऐन, २०७६, विदेशी विनिमय (नियमित) गर्ने ऐन, २०१९ रहेका छन् ।

View More

विदेशी व्यक्ति, फर्म, कम्पनी, गैरआवासीय नेपाली, विदेशी सरकार, अन्तर्राष्ट्रिय संस्था वा विदेशी सङ्गठित संस्थाले प्रचलित कानुनबमोजिम विदेशी लगानी खुला गरिएका क्षेत्रमा नेपालमा विदेशी लगानी गर्न सक्छन् ।

View More

छ अर्ब रुपैयाँसम्मको विदेशी लगानी उद्योग विभागबाट र सो रकमभन्दा बढीको हकमा लगानी बोर्डको कार्यालयबाट विदेशी लगानीको स्वीकृति प्रदान हुन्छ ।

View More