प्रत्यक्ष वैदेशिक लगानी तथा वैदेशिक ऋण

नेपाल राष्ट्र बैंकबाट विदेशी लगानी तथा वैदेशिक ऋण सम्बन्धमा प्रशासन हुने कार्य नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (दोस्रो संशोधन समेत) बाट निर्देशित हुन्छन् ।

View More

नेपाली नागरिकले विदेशमा कुनै किसिमको लगानी गर्न पाउँदैनन् । तर, विदेशमै रहेका नेपाली नागरिकले विदेशमा रहँदा बस्दाको अवधिसम्म आर्जन गरेको विदेशी विनिमय वा सो विदेशी विनिमयको लगानीबाट आर्जित विदेशी मुद्राबाट विदेशमा बैंक खाता खोल्न तथा लगानी गर्न सक्छन् । यस्तो लगानी नेपाल फर्केको ३५ दिनभित्र नेपाल भित्र्याउनुपर्नेछ ।
यस्तो खाता वा लगानी विदेशमा कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी नेपाल फर्केको ३५ दिनभित्र नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागलाई दिनुपर्छ ।

View More

प्रविधि हस्तान्तरणमार्फत भएको विदेशी लगानीबाट आर्जित रकम फिर्ता लैजाने सटही स्वीकृतिका लागि नियमनकारी निकायबाट स्वीकृत भएको प्रविधि हस्तान्तरण सम्झौता, प्रविधि हस्तान्तरण बापतको आर्जित रकम फिर्ता लैजानका लागि नियमनकारी निकायको स्वीकृतिपत्र, सम्बन्धित विदेशी लगानीकर्ताबाट जारी भएको बीजक, आर्जित रकममा नियमानुसार कर तिरेको निस्सा तथा आर्जित रकम फिर्ता पठाउने सटही स्वीकृति लिने सम्बन्धमा भएको सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णय आर्जित रकम लेखापरीक्षकबाट प्रमाणित भएको विवरण र पछिल्लो करचुक्ता तथा लेखापरीक्षण भएको वित्तीय विवरण लगायतका कागजात पेश गर्नुपर्दछ ।

View More

लेखाङ्कन भइसकेको विदेशी लगानीबाट आर्जित रकम फिर्ता लैजानको लागि उद्योग विभाग वा लगानी बोर्डको कार्यालयबाट स्वीकृति पत्र सहित उद्योग विभाग अर्न्तर्गतको एकल विन्दु सेवा केन्द्र वा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा निवेदन दिनुपर्छ ।

View More

विदेशी लगानीको लेखाङ्कनका लागि यस बैंकको मिति २०७३/१२/३१ मा प्रकाशित सूचनामा उल्लेख भए बमोजिमका कागजातहरु पेश गर्नु पर्दछ । उक्त सूचनाको लिङ्क यहाँ रहेको छ |

View More

विदेशी लगानी बापतको विदेशी मुद्रा भित्र्याउने स्वीकृतिका लागि यस बैंकको मिति २०६९/१०/०९ मा प्रकाशित सूचनामा उल्लेख भए बमोजिमका कागजात पेश गर्नु पर्दछ । उक्त सूचनाको लिङ्क यहाँ रहेको छ |

View More

विदेशी लगानी तथा वैदेशिक ऋण बापतको विदेशी मुद्रा नेपाल भित्र्याए पश्चात् उक्त रकमको नेपाल राष्ट्र बैंकमा अभिलेख गराउने कार्यलाई लेखाङ्कन भनिन्छ । लेखाङ्कन नभएको विदेशी लगानी तथा वैदेशिक ऋण बापत आर्जित रकम फिर्ता लैजान तथा विदेशी लगानीकर्ताको नाममा कायम रहेको शेयर खरिद बिक्री गर्न विदेशी लगानी तथा वैदेशिक ऋणको लेखाङ्कन अनिवार्य रहेको छ ।

View More

विदेशी लगानी तथा वैदेशिक ऋण बापतको विदेशी मुद्रा भित्र्याउने स्वीकृतिका लागि नेपाल सरकार, उद्योग विभाग, त्रिपुरेश्वरस्थित एकल विन्दु सेवा केन्द्रमा रहेको नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग अर्न्तर्गतको विदेशी विनिमय सहजीकरण एकाइमा निवेदन दिनु पर्दछ ।

View More

नेपाली नागरिक, फर्म तथा संस्थाले विदेशमा रहेका आफ्ना नातेदार, अन्य व्यक्ति, गैर आवसीय नेपाली वा संघ संस्थाबाट निर्ब्याजी वा बढीमा 1 year LIBOR rate + 5.5% ब्याजदरको सीमाभित्र रही बढीमा अमेरिकी डलर १० लाखसम्म र भारतको हकमा १० करोड भारतीय रुपैयाँसम्म विदेशी मुद्रामा ऋण लिन सक्छन् ।

View More

नेपालमा स्थापित फर्म/कम्पनीले विदेशी मुद्रामा लिने ऋणको ब्याजदर अधिकतम I Year LIBOT+5.5% को सीमाभित्र हुनुपर्दछ ।

View More