रेगुलेटरी स्यान्डबक्स सम्बन्धी

रेगुलेटरी स्यान्डबक्सबारे थप जानकारी प्राप्त गर्न देहायको सम्पर्क ठेगानामा आफ्नो जिज्ञासा राख्न सकिन्छ:

  • इमेल: regsandbox@nrb.org.np
  • सम्पर्क नम्बर: ०१-५७१९६४४/५/६ (Ext. १३५४, १३५६, १३६७, १३६८)
  • कार्यालय: भुक्तानी प्रणाली विभाग, बालुवाटार, काठमाडौं ।
View More

रेगुलेटरी स्यान्डबक्समार्फत वित्तीय वस्तु, सेवा वा Solution परीक्षण गर्दा ग्राहक हित संरक्षण, ग्राहकको सहमति तथा जानकारी, डाटाको गोपनीयता, साइबर सुरक्षा तथा जोखिम पहिचान एवम् न्यूनीकरणसम्बन्धी न्यूनतम व्यवस्थाको पालना गरेको हुनुपर्छ ।

View More

रेगुलेटरी स्यान्डबक्समार्फत सफलतापूर्वक परीक्षण सम्पन्न गरेपश्चात् तोकिएको प्रक्रियाबमोजिम सहभागीलाई स्यान्डबक्सबाट Graduate गराइन्छ । Graduate गराउँदा ‘Guidelines on the Regulatory Sandbox’ को खण्ड ३.४ मा उल्लेख भएबमोजिम गरिन्छ ।

View More

मानिँदैनन् । रेगुलेटरी स्यान्डबक्समार्फत परीक्षण गरिएको वस्तु, सेवा वा Solution लाई बजारमा पूर्ण रुपमा सञ्चालन गर्न यस बैंकको नियमित अनुमतिपत्र/इजाजतपत्र प्राप्त गर्ने वा वित्तीय वस्तु तथा सेवा सञ्चालन गर्न स्वीकृति लिनुपर्ने प्रावधानबमोजिम स्वीकृति/अनुमति आवश्यक हुन्छ ।

View More

रेगुलेटरी स्यान्डबक्समा सहभागी भई सामान्यतया ६ महिनाका लागि आफ्नो वित्तीय वस्तु, सेवा वा Solution वास्तविक ग्राहकसमक्ष परीक्षण गर्न सकिन्छ । मनासिव आधार देखिएमा यो समयावधि एकपटकका लागि अधिकतम ६ महिनासम्म थप गर्न सकिन्छ ।

View More

रेगुलेटरी स्यान्डबक्समा आवेदन पेस गर्दा ‘Guidelines on the Regulatory Sandbox’ को अनुसूची ३ तथा आवेदन आह्वानको सूचनामा तोकिएका कागजात/विवरणहरू पेस गर्नुपर्ने हुन्छ ।

View More

रेगुलेटरी स्यान्डबक्समा आवेदन पेस गर्नका लागि यस बैंकले Cohort का लागि आवेदन आह्वान गरेपश्चात् आह्वान भएको मितिबाट ४५ दिनभित्र तोकिएको प्रक्रियामार्फत आवेदन पेस गर्न सकिन्छ ।

View More

रेगुलेटरी स्यान्डबक्समा ‘Guidelines on the Regulatory Sandbox’ को अनुसूची २ को खण्ड २.२ मा उल्लिखित वित्तीय वस्तु, सेवा तथा Solution परीक्षण गर्न पाइँदैन ।

View More

रेगुलेटरी स्यान्डबक्समा ‘Guidelines on the Regulatory Sandbox’ को अनुसूची २ को खण्ड २.१ मा उल्लिखित वित्तीय वस्तु, सेवा तथा Solution परीक्षण गर्न योग्य छन् ।

View More

रेगुलेटरी स्यान्डबक्समा यस बैंकबाट इजाजतपत्र/अनुमतिपत्रप्राप्त बैंक वा वित्तीय संस्थाहरू, भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरू (भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक), रेमिट्यान्स कम्पनीहरू तथा यस बैंकले नियमन र सुपरिवेक्षण गर्न सक्ने वित्तीय वस्तु वा सेवा (Financial Products or Services) प्रवाह गर्ने वा त्यस्ता वस्तु वा सेवाको विस्तारमा सघाउ पुर्‍याउने नयाँ फिनटेक कम्पनीहरू सहभागी हुन सक्नेछन् ।

View More