दैनिक तरलता सुविधाअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले लिएको दैनिक तरलता सुविधा सोही कार्यदिनमा चुक्ता नभएमा बाँकी रहेको रकमलाई ओभरनाइट तरलता सुविधाको रुपमा रूपान्तरण गरी नीतिगत दर (Policy Rate) मा ब्याज गणना गरिन्छ । यदि कायम रहेको ओभरनाइट तरलता सुविधाको रकम चुक्ता नगरी संस्थालाई थप सुविधा चाहिएमा अघिल्लो कार्यदिनको ओभरनाइट तरलता सुविधामा नीतिगत दरमा थप एक प्रतिशत अतिरिक्त ब्याज तथा सोही कार्यदिनको नयाँ ओभरनाइट तरलता सुविधामा नीतिगत दरमा ब्याज गणना गरी सुविधा उपलब्ध गराइन्छ । त्यस्तै, ओभरनाइट तरलता सुविधा उपभोग गरिरहेको अवधिमा शनिबार वा अन्य सार्वजनिक बिदा परेमा सो सम्पूर्ण बिदाको अवधिभर नीतिगत दरमै ओभरनाइट तरलता सुविधा उपलब्ध गराउने व्यवस्था छ ।
यससम्बन्धी थप जानकारी लिनका लागि देहायको लिङ्कमा क्लिक गर्नुहोस्:
दैनिक-तरलता-सुविधासम्बन्धी-कार्यविधि-तेस्रो-संशोधन-२०८०-२०७६.pdf
नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७८ (छैटौँ संशोधन, २०८३) को विनियम २६ बमोजिमका सुरक्षणपत्र यस बैंकको मौद्रिक व्यवस्थापन विभागमा धितो राखी सोको अधिकतम ९० प्रतिशतसम्म दैनिक तरलता सुविधाको सीमा कायम गरिनेछ । तर, दैनिक तरलता सुविधा सीमासम्मको रकम ओभरनाइट तरलता सुविधाबापत प्रयोग गर्न सकिनेछ ।
View Moreओभरनाइट तरलता सुविधा भन्नाले संस्थाले उपयोग गरेको दैनिक तरलता सुविधामध्ये सोही दिनको तोकिएको समय सीमाभित्र राफसाफ हुन बाँकी रहेको रकम तोकिएको व्याजदरमा ओभरनाइट अवधिका लागि यस बैंकबाट उपलब्ध गराइएको सुविधालाई सम्झनुपर्दछ ।
View Moreनेपाल राष्ट्र बैंकबाट सञ्चालन भएको Real Time Gross Settlement (RTGS) द्वारा कारोबार फछ्यौट हुने क्रममा RTGS Settlement Account मा मौज्दात अपुग भई तत्काल भुक्तानी हुन नसक्ने अवस्था आएमा सदस्य बैंक तथा वित्तीय संस्थालाई तत्काल आवश्यक पर्ने तरलता रकम नेपाल राष्ट्र बैंकले उपलब्ध गराउने गर्दछ । यसरी नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने सुविधालाई दैनिक तरलता सुविधा भनिन्छ ।
View MoreRTGS प्रणालीबाट कारोबार गर्न आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानीसम्बन्धी आदेश सहितको विवरण खुलाई बुझाउनुपर्दछ । त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक वा वित्तीय संस्थाले RTGS प्रणालीमा प्रविष्ट गरेपछि तुरुन्त कारोबार सम्पन्न हुन्छ ।
View Moreयस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाको कुनै पनि शाखाबाट RTGS कारोबार गर्न सकिन्छ । RTGS कारोबार गर्न सकिने बैंक तथा वित्तीय संस्थाको सूची यस बैंकको वेबसाइट https://www.nrb.org.np/departments/psd/ मा हेर्न सकिन्छ ।
View MoreRTGS प्रणालीबाट रु.२ लाख वा सोभन्दा बढी जतिसुकै रकमको भुक्तानी गर्न सकिन्छ ।
View MoreRTGS मार्फत भएका कारोबारसँग सम्बन्धित रकम तत्कालै ग्राहकको खातामा जम्मा हुने गर्दछ भने ठूलो मूल्यका अन्य भुक्तानी उपकरणहरूबाट (जस्तैः ECC, IPS) भएका कारोबार रकम तत्कालै ग्राहकको खातामा जम्मा नभई केही समयको अन्तरालमा हुने गर्दछ ।
View More