RTGS सम्बन्धी थप जानकारी RTGS System Rules, 2019 बाट प्राप्त गर्न सकिन्छ । साथै, नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभाग, RTGS Operation Center (०१-५७१९६९३, Ext. १३४३, १३५८, १३७०) मा सम्पर्क गरेर पनि थप जानकारी लिन सकिन्छ ।
RTGS System Rules, 2019 हेर्नका लागि देहायको लिङ्कमा क्लिक गर्नुहोस्:
दैनिक-तरलता-सुविधासम्बन्धी-कार्यविधि-तेस्रो-संशोधन-२०८०-२०७६.pdf

View More

RTGS प्रणालीमा सहभागी नहुने वित्तीय संस्थाहरूले यस प्रणालीको प्रत्यक्ष सदस्यको रूपमा रहेका सहभागी बैंकहरूमार्फत अप्रत्यक्ष सदस्यको रूपमा सहभागी भई कारोबार गर्न सक्छन् ।

View More

RTGS प्रणालीवाट कारोबार गर्दा सेटलमेन्ट जोखिम न्यूनीकरण हुने, कारोबारको विवरण RTGS प्रणालीमा तत्काल देखिने, सुरक्षित र विश्वसनीय हुने र कारोबारको भुक्तानी तत्कालै हुने भएकोले आर्थिक गतिविधिमा तीव्रता आउँछ ।

View More

Morning Exchange for Customer and Interbank Payments Period र Afternoon Exchange for Customer and Interbank Payments Period मा ग्राहक कारोबार (Customer Payments) तथा अन्तरबैंक कारोबार (Interbank Payments) गर्न सकिने व्यवस्था रहेको छ भने Evening Exchange for Interbank Payments Period केवल अन्तरबैंक RTGS कारोबारका लागि छुट्याइएको छ । RTGS System Timing देहायबमोजिमको रहेको छ:

Normal Business Day Summer (Monday to Friday) (Magh 16 to Kartik 15)

Period Name Start Time End Time
System Start 08:30 08:35
Account house keeping 08:35 09:00
Morning Exchange period for Customer and Interbank payments 09:00 14:00
Afternoon Exchange period for Customer and Interbank payments 14:00 17:00
Evening Exchange period for Interbank payments 17:00 17:45
Liquidity Management Period 17:45 18:30
Payment Cut-off 18:30 18:35
Report Generation and Reconciliation Period 18:35 19:00
Archiving 19:00 19:30
System Stop 19:30

Normal Business Day Winter [Monday to Friday] (Kartik 16 to Magh 15)

Period Name Start Time End Time
System Start 08:30 08:35
Account house keeping 08:35 09:00
Morning Exchange period for Customer and Interbank payments 09:00 14:00
Afternoon Exchange period for Customer and Interbank payments 14:00 16:00
Evening Exchange period for Interbank payments 16:00 16:45
Liquidity Management Period 16:45 17:30
Payment Cut-off 17:30 17:35
Report Generation and Reconciliation Period 17:35 18:00
Archiving 18:00 18:30
System Stop 18:30
View More

यस प्रणालीबाट कारोबार गर्न सकिने मुद्राहरूमा नेपाली रूपैयाँ (NPR), अमेरिकी डलर (USD), यूरो (EUR), ब्रिटिश पाउन्ड (GBP) र जापानी येन (JPY) रहेका छन् । नेपाली रूपैयाँ र जापानी येनको हकमा यस प्रणालीमार्फत २ लाख वा सोभन्दा बढी जतिसुकै रकमको भुक्तानी गर्न सकिन्छ भने अमेरिकी डलर, यूरो र ब्रिटिश पाउन्डको हकमा २ हजार भन्दा बढी रकमको कारोबार यस प्रणालीमार्फत गर्न सकिन्छ ।

View More

RTGS प्रणालीबाट हुने कारोबार सामान्यतयाः केही मिनेटमै सम्पन्न हुन्छ ।

View More

RTGS प्रणालीबाट कारोबार गर्दा प्रतिकारोबार देहायअनुसारको शुल्क लाग्ने व्यवस्था छ:

Exchange Period प्रतिकारोबार लाग्ने शुल्क
Morning Exchange for Customer and Interbank Payment Period रु.10
Afternoon Exchange for Customer and Interbank Payment Period रु.20
Evening Exchange for Interbank Payment Period रु.100
View More

यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाको कुनै पनि शाखाबाट RTGS कारोबार गर्न सकिन्छ । RTGS कारोबार गर्न सकिने बैंक तथा वित्तीय संस्थाको सूची यस बैंकको वेबसाइटमा हेर्न सकिन्छ ।

View More

RTGS प्रणालीबाट कारोबार गर्न आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानीसम्बन्धी आदेशसहितको विवरण खुलाई बुझाउनुपर्दछ । त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक वा वित्तीय संस्थाले RTGS प्रणालीमा प्रविष्ट गरेपछि तुरुन्त कारोबार सम्पन्न हुन्छ ।

View More

Real Time Gross Settlement (RTGS) प्रणाली नेपाल राष्ट्र बैंकबाट सञ्चालन गरिएको विद्युतीय भुक्तानीसम्बन्धी कारोबारहरूको फर्छ्यौट गर्ने प्रणाली हो, जसमा बैंकले तोकेबमोजिमको ठूलो मूल्यको भुक्तानी (High Value Payment) र अति जरुरी भुक्तानीहरू एउटा बैंक खाताबाट अर्को बैंक खातामा रकमान्तर हुन्छ । यो प्रणालीमार्फत भएका कारोबारहरू वास्तविक समय (Real Time) र Gross (प्रत्येक कारोबारको अलग-अलग फर्छ्यौट) Basis मा कुनै पनि कारोबारको bundling वा netting नगरी रकमान्तर गरिन्छ । यो प्रणालीको उपयोग गरी एउटा बैंकबाट अर्को बैंकमा तथा एक व्यक्ति वा संस्थाको बैंक खाताबाट अर्को व्यक्ति वा संस्थाको बैंक खातामा रकम पठाउन सकिन्छ । साथै, ECC, IPS, connectIPS जस्ता भुक्तानी उपकरणहरूमा भएका कारोबारको अन्तिम फर्छ्यौट समेत यस प्रणालीमार्फत हुन्छ ।

View More