नेपाल राष्ट्र बैंकको बैंकिङ विभाग, प्रदेशस्थित कार्यालय तथा सरकारी कारोबार गर्न स्वीकृति प्राप्त वाणिज्य बैंकका शाखा एवम् एक्स्टेन्सन काउण्टरबाट सरकारी कारोबार सञ्चालन हुँदै आइरहेको छ ।

View More

नेपाल सरकारको खातामा धरौटी वा अन्य रकम जम्मा गर्न कुन खातामा के प्रयोजनका लागि कुन कार्यालयको नाममा त्यस्तो रकम जम्मा गर्नुपर्ने हो उक्त कार्यालयको कार्यालय कोडसमेत यकिन गरी तोकिएको भौचरमा उल्लेखित सम्पूर्ण विवरणहरू भरी रकम जम्मा गर्न सकिन्छ ।

चेक क्लियरिङमार्फत धरौटी जम्मा गर्दा माथि उल्लेखित विवरणका अतिरिक्त रकम जम्मा गर्न पठाउने कार्यालयको नाम उल्लेख गर्नुपर्ने र खाता सञ्चालन गर्ने कार्यालयले चेकको पछाडि छाप लगाई दरपिठसमेत गरेको हुनुपर्नेछ ।

View More

नेपाल सरकारको राजस्व नेपाल राष्ट्र बैंकको बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयमा बुझाउन सकिन्छ । यसका अतिरिक्त राजस्व सङ्कलन कार्यको लागि कार्यालयगत रूपमा सम्बन्धित वाणिज्य बैंकहरुलाई समेत अनुमति प्रदान गरिएको छ । जुन प्रयोजनका लागि राजस्व बुझाउनुपर्ने हो, सोही प्रयोजनका लागि तोकिएको बैंक शाखा/ काउण्टरबाट मात्र राजस्व बुझाउन सकिन्छ । केही कार्यालयहरूको राजस्व भने नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) ले सञ्चालनमा ल्याएको Connect IPS तथा महालेखा नियन्त्रक कार्यालयले सञ्चालनमा ल्याएको rajaswa.fcgo.gov.np मा लग इन गरी बुझाउन सकिन्छ ।

View More

नेपाली नागरिकलाई भारतबाहेक अन्य मुलुकहरुको भ्रमणमा जाँदा आवश्यक पर्ने कागजात तथा यस बैंकले तोकेको अन्य आवश्यक कागजातको आधारमा विदेशी मुद्राको नगद मौज्दातको अवस्था हेरी प्रतिपटक अधिकतम अमेरिकी डलर २५००।– वा सोबराबरको परिवर्त्य विदेशी मुद्रा बैंकिङ विभागबाट सटही गर्न सकिन्छ । तर, यस्तो सटही सुविधा एक वर्षमा २ पटक नबढ्ने गरी मात्र प्रदान हुनेछ ।

साथै, कुनै पनि नेपाली नागरिकसँग भएको विदेशी मुद्रा सटही गर्न आम्दानीको स्रोत खुलेको विवरण, राहदानीको छविचित्र र तोकिएको अन्य कागजातसहित यस बैंकको बैंकिङ विभागमा सम्पर्क गर्नुपर्नेछ । बैंकिङ विभागले अधिकतम अमेरिकी डलर ५,०००।– सटही गरी ने.रु. उपलब्ध गराउनेछ ।

 

View More

औषधोपचारका लागि भारत भ्रमणमा जाँदा नेपालमा मान्यताप्राप्त रजिष्टर्ड डाक्टरको सिफारिस भएको सक्कल कागजातसहित बिरामी आफैं वा निज उपस्थित हुन नसकेको अवस्थामा निजका आफन्तलाई यस बैंकमा रहेको भा.रु. नगद मौज्दातको अवस्था हेरी अधिकतम भा.रू. २५,०००।– सम्म सटही सुविधा प्रदान गर्न सकिन्छ ।

 

View More

अध्ययन तीर्थयात्रा लगायत अन्य प्रयोजनका लागि भारत भ्रमणमा जाँदा भारतीय रूपये सटही गर्न सकिन्छ । यसको लागि भ्रमणमा जाने उद्देश्य स्पष्ट हुने कागजात, हवाई, रेल वा बसको टिकटलगायतको आधारमा आवश्यकता र औचित्यलाई समेत दृष्टिगत गरी प्रतिव्यक्ति अधिकतम  भा.रू. १०,०००।– सम्म सटही सुविधा प्रदान गर्न सकिन्छ ।

View More

नेपाल राष्ट्र बैंकबाट भारतीय नागरिकहरूलाई समेत भारतीय रूपैंया सटही प्रदान गरिन्छ । विभिन्न पेशा व्यवसाय तथा अन्य कारणले नेपालमा रहेका भारतीय नागरिकहरूलाई निजको परिचय खुल्ने सक्कल कागजात, आवश्यकता र औचित्यको आधारमा सामान्यतया एक हप्तामा एकपटकमा बढीमा भारतीय रूपैयाँ ५,०००।- सम्म सटही सुविधा प्रदान गर्न सकिन्छ ।

View More

नेपाली नागरिकहरूका हकमा नागरिकता वा नेपाल सरकारले जारी गरेका अन्य परिचयपत्रहरूको सक्कल कागजातका आधारमा दुर्इ हप्तामा अधिकतम भारतीय रूपैयाँ १०,०००।- सम्म सटही गर्न सकिने व्यवस्था छ ।

View More

नेपाल राष्ट्र बैंकको बैंकिङ विभागबाट र्सवसाधारणले मुख्य रूपमा भारतीय रूपैयाँ तथा विदेशी मुद्रा सटही सुविधा पाउँदछन् ।

View More