बैंकिङ कारोबार

गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबारमा लाग्ने मूल्य अभिवृद्धि कर (VAT) र विद्युतीय सेवा कर (DST) करदाताले विदेशी मुद्रामा विदेशबाट नेपालमा दाखिला गर्ने व्यवस्थाको लागि महालेखा नियन्त्रक कार्यालयको नाममा यस बैंकमा अमेरिकी डलर खाता रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशस्थित Nostro Account मार्फत सो राजस्व खातामा जम्मा हुनेगरी रकम पठाई राजस्व बुझाउन सकिनेछ ।

उक्त कर भुक्तानी गर्दा आकर्षित हुने कानुन, नियम, विधि, प्रक्रिया, नेपाली Fiscal Calendar, Time Zone लगायत भुक्तानीमा लाग्ने Commission/Fees/Bank charges वा यस्तै अन्य खर्च सम्बन्धित विषयको जानकारीको लागि आन्तरिक राजस्व कार्यालयमार्फत बुझ्न सकिनेछ ।

 

View More

भारतीय रुपये र अन्य विदेशी मुद्रा सटही कारोबार गर्दा नेपाली रुपैयाँ नगदमा तथा QR Code मार्फत भुक्तानी गर्न सकिन्छ । QR Code मार्फत कारोबार गर्दा यस बैंक र सम्बन्धित बैंकको नियमानुसारको सीमा लागु हुनेछ ।

View More

नेपाल सरकारद्वारा आकस्मिक वा विशेष बिदा घोषणा गरी  सरकारले नै बैकिङ सेवा सुचारु राख्ने निर्णय गरेका बिदाका दिनमा नगद भुक्तानी, ECC/IPS, सार्वजनिक ऋण व्यवस्थापन र RTGS लगायतका अत्यावश्यक बैंकिङ सेवाहरु तोकिएअनुसारको समयमा प्रदान गर्न सकिनेछ ।

View More

ECC System मार्फत अधिकतम ने.रु. ३० करोड सम्मको रकम चेकबाट भुक्तानी गर्न सकिन्छ ।

View More

यस बैंकमा विदेशबाट SWIFT मार्फत व्यक्तिगत खातामा रकम जम्मा गर्ने व्यवस्था छैन ।

View More

ECC/IPS को कारोबार समय

महिना दिन ECC

IPS

माघ १६  देखि  कात्तिक  १५

आइतबार –  बिहीबारसम्म बिहान १०:०० देखि अपराह्न ३:०० बजेसम्म बिहान १०:००  बजेदेखि अपराह्न ५:००  बजेसम्म

शुक्रबार

बिहान १०:०० देखि अपराह्न १:००  बजेसम्म

कात्तिक १६  देखि  माघ  १५

आइतबार – बिहीबारसम्म

बिहान १०:०० देखि अपराह्न ३:०० बजेसम्म

बिहान १०:०० देखि अपराह्न ४:०० बजेसम्म

शुक्रबार

बिहान १०:०० देखि अपराह्न १:००  बजेसम्म

View More

आइबारदेखि बिहीबारसम्म बिहान १०:०० देखि अपराह्न ३:०० बजेसम्म र शुक्रबार बिहान १०:०० देखि अपराह्न १२:०० बजेसम्म Regular सेसन सञ्चालन हुन्छ । प्रत्येक दिन बिहान १०:०० देखि अपराह्न १:०० बजेसम्म हरेक १/१ घण्टाको तीन वटा Express सेसन सञ्चालन हुन्छन् । त्यसैगरी बिहान १०:०० देखि अपराह्न ३:०० बजेसम्मको लागि दुई वटा  High Value सेसन सञ्चालन हुन्छन् ।

View More

नेपाल राष्ट्र बैंकमा सरकारी कार्यालय, सरकारी संघ/संस्था र बैंक तथा वित्तीय संस्थाको खाता खोलिन्छ । यस बैंकमा कुनै पनि व्यक्तिको व्यक्तिगत खाता खोल्ने व्यवस्था छैन ।

View More

बैंकिङ विभागबाट सञ्चालन हुने बैंकिङ कारोबार समय कार्यालय खुलेको दिन आइतबारदेखि बिहीबारसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म (कार्तिक १६ देखि माघ १५ सम्म बिहान १०:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म) र शुक्रबार बिहान १०:०० बजेदेखि अपराह्न १२:३० बजेसम्म हुन्छ ।

View More

नेपाल राष्ट्र बैंकमा सरकारी निकायहरूको खाता मात्र खोल्न सकिने भएकोले कुनै व्यक्तिको खातामा रकम जम्मा गर्न यस बैंकमा रहेको खातामा पठाउन मिल्दैन । जुन व्यक्तिको नाममा रकम जम्मा गर्नुपर्ने हो, सो व्यक्तिको खाता रहेको बैंक वा वित्तीय संस्थाको SWIFT कोडमा उक्त व्यक्तिको खातामा जम्मा हुने गरी रकम पठाउन सकिन्छ ।

View More