प्रयोगकर्ताहरूले कुनै पनि माध्यमबाट आफ्नो गोप्य Password, One Time Password (OTP) वा संवेदनशील विवरण (जस्तै; खाता नम्बर, जन्म मिति, नागरिकता वा राहदानी नम्बर आदि) अन्य व्यक्तिलाई उपलब्ध गराउनुहुँदैन, आफूले राखेको पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ र यस्ता पासवर्डहरू गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ । भुक्तानीका लागि प्रयोग गरिने कार्ड, मोबाइल जस्ता उपकरण चोरी भएमा वा हराएमा सम्बन्धित सेवा प्रदायकलाई तत्काल जानकारी गराई सेवा बन्द (Block) गर्नुपर्दछ । यस सम्बन्धमा थप जानकारी यस बैंकको वेबसाइट https://www.nrb.org.np/contents/uploads/2022/02/Notices_PSD.pdf मा उपलब्ध छ ।

View More

वालेटबाट प्रति कारोबार रु.५० हजारसम्म, प्रतिदिन रु.एक लाखसम्म तथा प्रतिमहिना रु.१० लाखसम्म रकमान्तर गर्न सकिन्छ । यस बैंकले समयसमयमा निर्देशन जारी गरी यसरी रकमान्तर गर्ने सीमा परिवर्तन गर्न सक्नेछ ।

View More

यो एक विशेष प्रकारको Bar Code हो जसलाई विद्युतीय भुक्तानी उपकरणले Scan गर्दा त्यसमा संग्रह गरिएका विवरणहरु प्राप्त गर्न सकिन्छ । यसमा भुक्तानी प्राप्त गर्ने मर्चेन्टको खाताको विवरण रहेको हुन्छ । हाल यस बैंकको निर्देशनानुसार QR Code मार्फत भुक्तानी गर्दा ग्राहकलाई कुनै प्रकारको शुल्क लाग्दैन । उदाहरणको लागि तलको QR Scan गर्दा माथि उल्लिखित परिभाषा प्राप्त गर्न सकिन्छ ।

View More

विद्युतीय वालेट भनेको नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त भुक्तानी सेवा प्रदायकले आफ्ना ग्राहकको नाममा जारी गर्ने विद्युतीय खाता हो । वालेट प्रयोगकर्ताले तोकिएका बैंक तथा वित्तीय संस्था अथवा एजेन्टबाट वालेटमा रकम जम्मा गरी वस्तु तथा सेवा खरिदबापत रकम भुक्तानी गर्न सक्छन् ।

View More

बैंक तथा वित्तीय संस्थामा रहेको भौतिक नगदलाई विद्युतीय माध्यमबाट कारोबार गर्न सक्ने गरी विद्युतीय वालेट, प्रिपेड कार्ड वा अन्य विद्युतीय उपकरणमा जम्मा गरिएको रकमलाई इमनी भनिन्छ । इमनीलाई Virtual Money पनि भनिन्छ ।

View More

NFC (Near Field Communication) कार्ड भनेको सानो रकमको भुक्तानीको लागि PIN Code वा OTP Code प्रविष्टि नगरी भुक्तानी गर्न प्रयोगमा ल्याइएको कार्ड हो ।

View More

Point of Sale (PoS) भनेको विद्युतीय भुक्तानी स्वीकार गर्ने एक उपकरण हो जसको प्रयोगबाट विभिन्न मर्चेन्ट वा पसलहरूले ग्राहकले खरिद वा उपभोग गरेका बस्तु तथा सेवाको भुक्तानी हाल उपलब्ध विभिन्न कार्डहरुमार्फत प्राप्त गर्न सक्छन् ।

View More

कुनै पनि विद्युतीय भुक्तानी उपकरण जस्तै भुक्तानी कार्ड, QR जारी गर्ने बैंकलाई Issuer Bank
भनिन्छ । Issuer Bank बाट जारी भएका विद्युतीय भुक्तानी उपकरण कुनै अर्को बैंकको टर्मिनलबाट प्रयोग भएको खण्डमा उक्त टर्मिनल भएको बैंकलाई Acquirer Bank भनिन्छ ।

View More

कुनै पनि बैंक तथा वित्तीय संस्थाले जारी गरेको भुक्तानी कार्डलाई सोही संस्थाको एटीएम टर्मिनलमा प्रयोग गरी भएको कारोबारलाई On-Us कारोबार भनिन्छ । साथै, एक बैंक तथा वित्तीय संस्थाले जारी गरेको भुक्तानी कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम टर्मिनलमा प्रयोग गरी भएको कारोबारलाई Off-Us कारोबार भनिन्छ ।

View More

विद्युतीय कार्डको प्रयोग गरी नगद झिक्ने अधिकतम सीमा देहायबमोजिम तोकिएको छः

जारी गर्ने संस्था उपकरण प्रतिकारोबार (रु.) प्रतिदिन (रु.) प्रतिमहिना (रु.)
बैंक तथा वित्तीय संस्थाहरु प्रिपेड कार्ड १० हजार २० हजार २ लाख
डेबिट कार्ड २५ हजार १ लाख ४ लाख
क्रेडिट कार्ड स्वीकृत सीमाको १० प्रतिशतसम्म
बैंक तथा वित्तीय संस्थाबाहेकका सेवा प्रदायक संस्थाहरु प्रिपेड कार्ड 5 हजार २५ हजार

ग्राहकले वस्तु तथा सेवा खरिद गर्ने क्रममा बिलबमोजिमको रकम कार्डमार्फत सम्बन्धित व्यावसायिक फर्मको खातामा भुक्तानी गर्न सक्नेछन् ।

View More