विद्युतीय भुक्तानी सम्बन्धी आधारभूत जानकारी

विद्युतीय कार्डको प्रयोग गरी नगद झिक्ने सीमा देहायबमोजिम तोकिएको छ:

जारी गर्ने संस्था उपकरण प्रतिकारोबार रकम (रू.) प्रतिदिन रकम (रू.) प्रतिमहिना रकम (रू.)
बैंक तथा वित्तीय संस्थाहरू प्रिपेड कार्ड १० हजार २० हजार २ लाख
डेबिट कार्ड २० हजार ५० हजार ३ लाख
बैंक तथा वित्तीय संस्थाहरू क्रेडिट कार्ड स्वीकृत सीमाको १० प्रतिशतसम्म
बैंक तथा वित्तीय संस्था बाहेकका सेवा प्रदायक संस्थाहरू प्रिपेड कार्ड ५ हजार २५ हजार
View More

यस बैंकले इजाजत, नियमन, अनुगमन, साइबर सुरक्षा मापदण्ड, उपभोक्ता संरक्षण तथा भुक्तानी प्रणालीको निरन्तर सुधारमार्फत सुरक्षित डिजिटल भुक्तानी सुनिश्चित गर्छ ।

View More

तुरुन्त बैंक वा सेवा प्रदायकलाई जानकारी दिने, सेवा रोक्ने र आवश्यक परेमा उजुरी गर्नुपर्छ । पहिले सम्बन्धित बैंक वा सेवा प्रदायकमा गुनासो गर्नुपर्छ । समाधान नभएमा नेपाल राष्ट्र बैंकको गुनासोसम्बन्धी पोर्टल https://gunaso.nrb.org.np/ मार्फत गुनासो दर्ता गर्न सकिन्छ ।

View More

Password वा PIN सँगै OTP, Fingerprint वा Face ID जस्ता दुई तहको प्रमाणीकरण प्रयोग गर्ने सुरक्षा व्यवस्था हो ।

View More

  • आफ्नो Password, PIN वा OTP कसैसँग सेयर नगर्ने ।
  • अनधिकृत वा असुरक्षित सार्वजनिक Wi-Fi वा VPN प्रयोग गरेर भुक्तानी नगर्ने ।
View More

प्राविधिक कारणले कारोबार सम्पन्न नभई खाताबाट पैसा घटेमा निश्चित समयभित्र (Force Settlement) रकम फिर्ता हुन्छ:

  • एउटै बैंक/संस्था भएमा: कारोबार भएको भोलिपल्ट (T+1) भित्र ।
  • फरक/फरक स्वदेशी बैंक/संस्था भएमा बढीमा ३ दिन (T+3) भित्र ।
View More

लाग्दैन । Mobile App, Internet Banking वा Wallet को प्रयोगकर्ताले Username, Password वा Transaction PIN बिर्सिएमा आफैँ Retrieve गरी सेवा पुनः सुचारु गर्दा कुनै पनि शुल्क लाग्दैन ।

View More

लाग्दैन । डिपार्टमेन्टल स्टोर, मार्ट, होटेल वा अन्य कुनै व्यापारिक फर्ममा कार्ड (POS Machine) वा QR Code मार्फत भुक्तानी गर्दा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन पाइँदैन ।

View More

वालेटमा २४ घण्टाभन्दा बढी (Overnight Balance) अधिकतम रू.५०,०००/- सम्म मात्र राख्न पाइन्छ । रू.५० हजारभन्दा बढी भएको रकम अनिवार्य रूपमा प्रयोगकर्ताको लिङ्क गरिएको बैंक खातामा जम्मा गर्नुपर्नेछ ।

View More

प्रयोगकर्ताहरूले कुनै पनि माध्यमबाट आफ्नो गोप्य Password, One Time Password (OTP) वा संवेदनशील विवरण (जस्तै; खाता नम्बर, जन्म मिति, नागरिकता वा राहदानी नम्बर आदि) अन्य व्यक्तिलाई उपलब्ध गराउनुहुँदैन, आफूले राखेको पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ र यस्ता पासवर्डहरू गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ । भुक्तानीका लागि प्रयोग गरिने कार्ड, मोबाइल जस्ता उपकरण चोरी भएमा वा हराएमा सम्बन्धित सेवा प्रदायकलाई तत्काल जानकारी गराई सेवा बन्द (Block) गर्नुपर्दछ । यस सम्बन्धमा थप जानकारी यस बैंकको वेबसाइट https://www.nrb.org.np/contents/uploads/2022/02/Notices_PSD.pdf मा उपलब्ध छ ।

View More