क्रेडिट कार्ड भनेको ग्राहकको बैंक खातामा पैसा नभए तापनि कार्डबाट भुक्तानी गर्न सकिने सुविधासहितको कार्ड हो । यस्तो कार्डमा खर्च भएको रकम कार्डधारकले निश्चित समयपश्चात सम्बन्धित बैंक वा वित्तीय संस्थालाई तोकिएको शुल्कसहित बुझाउनुपर्दछ ।

View More

नेपालमा हाल तीन प्रकारका भुक्तानी कार्ड प्रचलित छन् :- क्रेडिट कार्ड, डेविट कार्ड र प्रिपेड कार्ड ।

View More

एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेको भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग हुँदा प्रतिकारोबार बढीमा रु.१५।– सम्म शुल्क लिन सक्नेछन् ।

View More

प्रत्येक संस्थाले भुक्तानी कारोबारको प्रकृतिअनुसार लाग्ने शुल्क निर्धारण गरेका हुन्छन् । त्यसरी निर्धारण गरेको शुल्कसम्बन्धी अद्यावधिक विवरण सम्बन्धित संस्थाको वेबसाइटमा प्रकाशन गरिएको हुन्छ ।

View More

आफूले प्रयोग गरेको भुक्तानी उपकरण प्रयोग गर्दा कुनै कठिनाई भएमा आफ्नो खाता रहेको संस्थामा फोन वा अन्य उपलब्ध माध्यमबाट सम्पर्क गरी सूचना दिई/लिई समाधान गर्न सकिन्छ ।

View More

यस बैंकबाट अनुमति नलिएका संस्थासँग भुक्तानीसम्बन्धी कारोबार गर्दा सो कारोबार गैर-कानुनी हुने, कारोबारको आधिकारिकता नहुने, ठगिने तथा आर्थिक हानि नोक्सानी हुनसक्ने सम्भावना रहन्छ ।

View More

बैंक तथा वित्तीय संस्थाबाहेक हाल यस बैंकबाट १० वटा भुक्तानी प्रणाली सञ्चालक र २७ वटा भुक्तानी सेवा प्रदायक गरी जम्मा ३७ वटा संस्थाले अनुमतिपत्र प्राप्त गरी भुक्तानीसम्बन्धी कार्य गर्दै आइरहेका छन् । यस बैंकबाट अनुमतिपत्र प्राप्त गरी सञ्चालनमा रहेका संस्थाहरूको अद्यावधिक सूची यस विभागको वेबसाइटमा राखिएको छ । यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले अनुमति लिई भुक्तानीसम्बन्धी कार्य गर्न सक्दछन् ।

View More

भुक्तानी सेवा प्रदायक संस्थाले विद्युतीय भुक्तानीसम्बन्धी कारोबारमा ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दछन् । ती संस्थाले ग्राहक तथा सेवा प्रदायकको बीचमा वस्तु, सेवा, सम्पत्ति वा अन्य दायित्वबापतको रकम भुक्तानी गरिदिने, स्वदेश तथा विदेशमा रकम ट्रान्सफर गर्ने जस्ता विद्युतीय माध्यमबाट गरिने भुक्तानी कारोबार सञ्चालन गर्दछन् ।

View More

भुक्तानी प्रणाली सञ्चालकले विद्युतीय भुक्तानीसम्बन्धी कार्यको सञ्चालन, व्यवस्थापन र समाशोधनको कार्य गर्दछन् । समाशोधन गृह, विद्युतीय कार्ड सञ्जाल र अन्य विद्युतीय (अनलाइन) भुक्तानी सञ्जाल सञ्चालन गर्ने संस्था भुक्तानी प्रणाली सञ्चालकअन्तर्गत पर्दछन् ।

View More

भुक्तानी प्रणाली सञ्चालक (Payment System Operator-PSO) र भुक्तानी सेवा प्रदायक (Payment Service Provider-PSP) गरी नेपालमा विद्युतीय भुक्तानीसम्बन्धी काम गर्ने संस्थाहरू दुर्इ प्रकारका छन् ।

View More