यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति लिन आवश्यक छ ।
View Moreनेपाल राष्ट्र बैंकबाट भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाले मात्र भुक्तानीसम्बन्धी कार्य गर्न सक्छन् ।
View Moreएक वालेटबाट अर्को वालेटमा प्रतिदिन रु.५० हजारसम्म तथा प्रतिमहिना रु.५ लाख सम्म रकमान्तर गर्न सकिन्छ ।
View Moreहाल मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत प्रतिदिन क्रमशः रु. ३ लाख तथा रु. २० लाखसम्म भुक्तानी गर्न सकिन्छ ।
View Moreसामान्यतः ग्राहकहरूले खोलेको मोवाइल वालेटमा राखेको रकममा ब्याज पाईंदैन ।
View Moreनेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायकले जारी गरेका वालेटमा राखेको रकम सुरक्षित रहने व्यवस्था मिलाइएको छ । वालेटमा खाता खोलेबापत ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्दैन।
View Moreवालेट भनेको नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त भुक्तानी सेवा प्रदायकले आफ्ना ग्राहकहरूको नाममा जारी गर्ने विद्युतीय खाता हो । वालेट प्रयोगकर्ताले तोकिएका बैंक तथा वित्तीय संस्था अथवा एजेन्टबाट वालेटमा रकम जम्मा गरी वस्तु तथा सेवा खरिदवापत रकम भुक्तानी गर्न सक्छन् ।
View Moreकार्डमै रकम जम्मा गरी नगद झिक्न तथा भुक्तानी गर्न सकिनेगरी बैंक तथा वित्तीय संस्था वा अनुमतिपत्रप्राप्त संस्थाले जारी गरेको कार्ड प्रिपेड कार्ड हो ।
View Moreडेवबट कार्ड भनेको बैंक खातामा रहेको रकम झिक्न तथा भुक्तानी गर्न मिल्नेगरी ग्राहकको नाममा जारी भएको कार्ड हो ।
View Moreक्रेडिट कार्ड भनेको ग्राहकको बैंक खातामा पैसा नभए तापनि कार्डबाट भुक्तानी गर्न सकिने सुविधासहितको कार्ड हो । यस्तो कार्डमा खर्च भएको रकम कार्डधारकले निश्चित समयपश्चात सम्बन्धित बैंक वा वित्तीय संस्थालाई तोकिएको शुल्कसहित बुझाउनुपर्दछ ।
View More