| जम्मा/भुक्तानी | प्रतिदिन रकम (रू.) | प्रतिमहिना रकम (रू.) |
| बैंक खाताबाट वालेटमा | २ लाख | १० लाख |
| वालेटबाट अन्य बैंक खातामा (QR Code समेत) | २ लाख | १० लाख |
| एउटा वालेटबाट अर्को वालेटमा | ५० हजार | ५ लाख |
विद्युतीय वालेटमा जुनसुकै माध्यम (एकभन्दा बढी बैंक वा एकभन्दा बढी वालेट समेत) बाट रकम जम्मा भए तापनि उपयुक्त सीमाभन्दा अधिक हुन पाउने छैन ।
View Moreयो एक विशेष प्रकारको Bar Code हो जसलाई विद्युतीय भुक्तानी उपकरणले Scan गर्दा त्यसमा संग्रह गरिएका विवरणहरु प्राप्त गर्न सकिन्छ । यसमा भुक्तानी प्राप्त गर्ने मर्चेन्टको खाताको विवरण रहेको हुन्छ । हाल यस बैंकको निर्देशनानुसार QR Code मार्फत भुक्तानी गर्दा ग्राहकलाई कुनै प्रकारको शुल्क लाग्दैन । उदाहरणको लागि तलको QR Scan गर्दा माथि उल्लिखित परिभाषा प्राप्त गर्न सकिन्छ ।

विद्युतीय वालेट भनेको नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त भुक्तानी सेवा प्रदायकले आफ्ना ग्राहकको नाममा जारी गर्ने विद्युतीय खाता हो । वालेट प्रयोगकर्ताले तोकिएका बैंक तथा वित्तीय संस्था अथवा एजेन्टबाट वालेटमा रकम जम्मा गरी वस्तु तथा सेवा खरिदबापत रकम भुक्तानी गर्न सक्छन् ।
View Moreबैंक तथा वित्तीय संस्थामा रहेको भौतिक नगदलाई विद्युतीय माध्यमबाट कारोबार गर्न सक्ने गरी विद्युतीय वालेट, प्रिपेड कार्ड वा अन्य विद्युतीय उपकरणमा जम्मा गरिएको रकमलाई इ–मनी भनिन्छ । इ–मनीलाई Virtual Money पनि भनिन्छ ।
View MoreNFC (Near Field Communication) कार्ड भनेको सानो रकमको भुक्तानीको लागि PIN Code वा OTP Code प्रविष्टि नगरी भुक्तानी गर्न प्रयोगमा ल्याइएको कार्ड हो ।
View MorePoint of Sale (PoS) भनेको विद्युतीय भुक्तानी स्वीकार गर्ने एक उपकरण हो जसको प्रयोगबाट विभिन्न मर्चेन्ट वा पसलहरूले ग्राहकले खरिद वा उपभोग गरेका बस्तु तथा सेवाको भुक्तानी हाल उपलब्ध विभिन्न कार्डहरुमार्फत प्राप्त गर्न सक्छन् ।
View Moreकुनै पनि विद्युतीय भुक्तानी उपकरण जस्तै भुक्तानी कार्ड, QR जारी गर्ने बैंकलाई Issuer Bank
भनिन्छ । Issuer Bank बाट जारी भएका विद्युतीय भुक्तानी उपकरण कुनै अर्को बैंकको टर्मिनलबाट प्रयोग भएको खण्डमा उक्त टर्मिनल भएको बैंकलाई Acquirer Bank भनिन्छ ।
कुनै पनि बैंक तथा वित्तीय संस्थाले जारी गरेको भुक्तानी कार्डलाई सोही संस्थाको एटीएम टर्मिनलमा प्रयोग गरी भएको कारोबारलाई On-Us कारोबार भनिन्छ । साथै, एक बैंक तथा वित्तीय संस्थाले जारी गरेको भुक्तानी कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम टर्मिनलमा प्रयोग गरी भएको कारोबारलाई Off-Us कारोबार भनिन्छ ।
View Moreविद्युतीय कार्डको प्रयोग गरी नगद झिक्ने अधिकतम सीमा देहायबमोजिम तोकिएको छः
| जारी गर्ने संस्था | उपकरण | प्रतिकारोबार (रु.) | प्रतिदिन (रु.) | प्रतिमहिना (रु.) |
| बैंक तथा वित्तीय संस्थाहरु | प्रिपेड कार्ड | १० हजार | २० हजार | २ लाख |
| डेबिट कार्ड | २० हजार | ५० हजार | ३ लाख | |
| क्रेडिट कार्ड | स्वीकृत सीमाको १० प्रतिशतसम्म | |||
| बैंक तथा वित्तीय संस्थाबाहेकका सेवा प्रदायक संस्थाहरु | प्रिपेड कार्ड | – | ५ हजार | २५ हजार |
ग्राहकले वस्तु तथा सेवा खरिद गर्ने क्रममा बिलबमोजिमको रकम कार्डमार्फत सम्बन्धित व्यावसायिक फर्मको खातामा भुक्तानी गर्न सक्नेछन् ।
View Moreयस बैंकको निर्देशनबमोजिम अनुमतिपत्रप्राप्त संस्थाले भुक्तानी कारोबारको प्रकृतिअनुसार लाग्ने शुल्क निर्धारण गरेका हुन्छन् । त्यसरी निर्धारण गरेको शुल्कसम्बन्धी अद्यावधिक विवरण सम्बन्धित संस्थाको Website मा प्रकाशित गरिएको हुन्छ ।
View More